Shere Parsa
धर्म/संस्कृति हेडलाइन

मधेसका बजारमा दिपावलीको रौनक (फोटो फिचर)

मधेसखबर
वीरगन्ज,०५ कार्तिक : शनिबार देखि नेपाली हिन्दुहरुको दोश्रो ठूलो पर्ब तिहार अर्थात यमपन्चक शुरु भएसंगै मधेसका बजारमा दिपावली र लक्ष्मीपूजा पर्बका लागि किनमेल गर्नेहरुको चहल पहल देखिन थालेको छ ।

मधेसमा दिपावली र लक्ष्मी पूजा पर्ब निक्कै धुमधामका साथ मनाइन्छ । शनिबार देखि तिहार शुरु भएसंगै वीरगन्जको बजारमा दिपावली र लक्ष्मी पूजाका लागि चाहिने सरसामान किनमेल गर्नेहरुको चहल पहल बढेको छ ।

दिपावली र लक्ष्मीपूजालाई लक्षित गरि झिलीमिली बत्ती , माटाका दियो र कलश , लक्ष्मी देवीको मूर्ती र तस्वीर, फुल माला, पूजन समाग्री लगायतका पसलहरु सडक छेउ र फुटपाथमै थापिएका छन् ।यस्तै धनतरेशका दिन सुन चाँदीका गरगहना , धातुका भाँडावर्तन किन्दा शुभ हुने मान्यता रही आएकाले सुनचाँदी र भाडाँका पसलहरुमा पनि ग्राहको भिडभाड लाग्न थालेको छ ।

दिपावलीमा भगवानलाई प्रसाद चढाउने र आफै पनि खाने भएका कारण मिठाइ पसलहरुमा पनि ग्राहकको चहल पहल बढि नै छ ।

 

Related posts

नारायणी अस्पतालमा २ करोडको लागतमा फोहोर व्यवस्थापन केन्द्र सन्चालन

समुदायमा सद्भाव कायम गर्ने उद्देश्यले फरक शैलिमा वीरगञ्जमा भाईटिका सम्पन्न

गरीबका लागि “भरपेट भोजनालय” निरन्तर सेवामा

Leave a Comment