Shere Parsa
समाचार

सशस्त्र प्रहरीको ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

मधेसखबर
वीरगन्ज,०५ कार्तिक : कपिलवस्तुमा सशस्त्र प्रहरीहरु सवार ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । तीन जना घाइते पनि भएका छन् ।

चारनम्बर जितपुरबाट शुक्रबार राति तौलिहवा तर्फ जाँदै गरेको सशस्त्र प्रहरीको ना १ ग ५५४ न. ट्रक बाणगंगा नगरपालिका वडा नं. ३ सिउटीमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा सशस्त्र प्रहरी हबल्दार रमेश चौधरी, सहायक हबल्दार रमेश चौधरी, जवान जनक चौधरी र साइकल यात्री बाणगंगा नगरपालिका–३ का २६ वर्षीय अमर संग्रामी मगरको उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता मिन बहादुर घलेले जानकारी दिए ।

घाइते भएका सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी, वरिष्ठ हबल्दार कुलबहादुर घर्ती र जवान प्रेम मल्लको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरू तीन जनाकै अवस्था चिन्ताजनक रहेको छ ।

 

Related posts

राष्ट्रिय भुमी आयोग पर्साका अध्यक्ष अहमद सम्मानित

राैतहटकाे गुजारा नगरपालिकामा गाेली चल्याे

मकवानपुरमा रात्रि बस दुर्घटना, २ को मृत्यु

Leave a Comment