Shere Parsa
धर्म/संस्कृति हेडलाइन

समुदायमा सद्भाव कायम गर्ने उद्देश्यले फरक शैलिमा वीरगञ्जमा भाईटिका सम्पन्न

मधेशखबर
कार्तिक १० गते ,वीरगञ्ज : वीरगंजमा बिहीबार सामुहीक भाईटिका सम्पन्न भएको छ ।

विभिन्न समुदायका महिलाहरुले कार्यक्रममा सहभागी भएका विभिन्न समुदायका व्यतिmहरुलाई वीरगन्जमा भने फरक किसिमले भाई टिका लगाईदिएका हुन् ।

एनवाईईएफ लगायत विभिन्न संघसंस्थाको सहयोगमा वीरगंज उधोग बाणिज्य महासंघ मधेश प्रदेश र न्युज २४ टेलिभिजनले प्रत्यक्ष प्रशारण गरी आयोजना गरेको कार्यक्रममा भोजपुरी समुदाय , पहाडी समुदाय,कायस्थ समुदाय, माडवाडी समुदाय, मैथिल समुदाय , थारु समुदाय लगायतका समुदायका महिलाहरुले कार्यक्रममा उपस्थित भएका व्यतिmहरुलाई आ आफ्नो समुदायमा मनाईने भाई टिका तथा भैयादुज आफ्नै रितीरिवाज, शैली तथा परम्परा अनुसार मनाएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष गणेश लाठले समुदायका फरक फरक संस्कार अनुसार भाईटिका लगाउन नौलोपन पनि हुने र यसले समाजलाई पनि जोड्न प्रयास गरेको बताए ।

आफ्ना घरपरिवारका हातबाट चाडवाडमा टिका लगाउन नपाएकाहरुलाई एक अवसर जुटाईदिँदा उनीहरुलाई पनि केही रमाईलो हुने सहभागीहरुले बताए ।


यस्तै कार्यक्रममा भाईटिका लगाउँदै मुख्यमन्त्रि लालबाबु राउतले एक अर्काको परम्परा संस्केती बुझ्ने मौका पाउनुका साथै यसरी अन्य समुदायका महिला दिदि बहिनीहरुको हातबाट टिका लगाउन पाउँदा आनन्द महशुश भएको बताए ।


यस्तै वीरगंज महानगरका पुर्व मेयर विजय सरावगीले वीरगंजमा पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गरीएको भन्दै धन्यवाद ज्ञापन गर्नुका साथै कार्यक्रममा सहभागी भई विभिन्न समुदायका महिला दिदि बहिनीहरुसंग भाईटिका लगाउन पाउँदा औधी खुशी लागेको बताए ।


कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्रि लालबाबु राउत,वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिँह , मधेश प्रदेशका पुर्व मन्त्रि ओम प्रकाश शर्मा,पुर्व मेयर विजय सरावगी , नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिबास महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडा मगर, नेपाली सेना, सशस्त्र प्रहरी , नेपाल प्रहरी, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, विभिन्न राजनीतीक दलका उम्मेदवारहरु, उद्योगी व्यावसायी, चिकित्सक, प्राध्यापक, सञ्चारकर्मी ,सर्वसधारण लगायतको उपस्थिती रहेको थियो ।


कार्यक्रमको सहजीकरण न्युज २४ टेलिभिजनका व्युरो प्रमुख राजु श्रेष्ठ र मुस्कान श्रेष्ठले गरेका थिए ।

Related posts

गठबन्धन भित्र सिट बाँडफाटको अझै टुङ्गो लागिसकेको छैन : उपेन्द्र यादव

किसान श्रेष्ठ विरुद्ध प्रचार गरेका काँग्रेस बाराका उपसभापति पाल पार्टीबाट निष्काशीत

दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गरीँदै

Leave a Comment