Shere Parsa
राजनीति

पर्सा १ का स्वतन्त्र उम्मेदवार द्विवेदी पनि उत्रिए चुनावी प्रचारमा

मधेसखबर
वीरगन्ज,०४ कार्तिक : पर्साको क्षेत्र नम्बर १ मा प्रतिनिधीसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका अजय द्विवेदी पनि चुनावी प्रचार प्रसारमा उत्रिएका छन् ।

असोज २३ मा मनोनयन दर्ता गराएको केहि दिनमै डेङगु लागेर बिरामी भइ अस्पताल र त्यसपछि केहि दिन घरमा आराम गरेका द्विवेदी बिहीबार देखि भने मतदातासंग भेटघाट शुरु गरेका छन् ।शुक्रबार पनि उनले वीरगन्ज महानगरपालिकाको वडा नम्बर १८ र २३ मा पुगेर मतदातासँग भेटघाट गरि छलफल गरेका छन् ।

नेपाली काँग्रेसका पूर्ब जिल्ला सभापति समेत रहेका द्विवेदीले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका हुन् ।

मतदातासंगको भेटघाटका क्रममा द्विवेदीले आफना राजनीतिक जीवन यात्रा र राजनीतिक योगदान बारे चर्चा गर्दै मंसिर ४ को निर्वाचनमा आफनो पक्षमा मतदान गर्न आग्रह गर्ने गरेका छन् । उनले पर्सा १ का मतदाताले यसपालि आफुलाई निर्वाचित गराउने दाबी पनि गर्दै आएका छन् ।

पार्टी भित्रको विभेद र अन्याय विरुद्धको प्रतिकार र विद्रोह स्वरुप आफ्नो उम्मेदवारी रहेको बताउदै आएका द्विवेदीले जनताले अवसर दिए विद्यमान भ्रष्टाचार अन्त्य गर्दै क्षेत्रको समृद्धिमा लाग्ने बताएका छन् ।

Related posts

सत्ता गठबन्धनको बैठकमा जसपा अनुपस्थित

सय सिटको अडानमा काँग्रेस

पर्सा ४ मा रमेश रिजाललाई अत्याधिक मतले जिताउने ठोरीका माओवादी नेता कार्यकर्ताहरुको उद्घोष

Leave a Comment