मधेसखबर
वीरगन्ज, २४ भदौं : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्र प्रसाद यादवले देशको अहिलेको अवस्था परिवर्तनका लागि सरकारमा माओवादी केन्द्रकै नै नेतृत्व आवश्यक भएको बताएका छन् ।
पर्साको जीराभवानी गाउँपालिकाको सुपौलीमा शुक्रबार भएको पालिकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य यादवले नेपालको व्यवस्था परिवर्तन माओवादी केन्द्रले नै गरेकोले अब अवस्था परिवर्तनका लागि पनि माओवादी केन्द्रकै नेतृत्व सरकारमा आवश्यक रहेको जिकिर गरे ।
उनले पर्साको क्षेत्र नम्बर ४ मा माओवादी पार्टी प्रति जनलहर बढेको दाबी पनि गरे । आगामी मंसिर ४ मा हुने निर्वाचनमा माआोवादी केन्द्रलाई पर्सा जिल्लामै पहिलो पार्टी बनाउने लक्ष्य लिएर लाग्न कार्यकर्ताहरुसंग उनले आग्रह पनि गरे ।
पार्टीका गाउँपालिका अध्यक्ष रामाकान्त चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य टेक बहादुर शाक्य प्रदेश सदस्य सलाउदिन अहमद, नेताहरु कृष्णमोहन प्रसाद यादव,नेपाल दलित मुक्ति मोर्चाका मधेस प्रदेश अध्यक्ष लवकुश बैठा , जिल्ला अध्यक्ष महेन्द्र राम राजवली यादव, भोला दास थारु, जितेन्द्र प्रसाद लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।