Shere Parsa
राजनीति

पर्सा १ मा जसपा–एमाले गठबन्धनलाई जिताउन समाजवादी महिला संघ चुनावी घरदैलोमा

मधेसखबर
वीरगन्ज, ०१ कार्तिक : जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट महिला संगठन समाजवादी महिला संघले जसपा–एमाले गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउने अभियानलाई तीव्रता दिएको छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार प्रदीप यादव, प्रदेशसभा सदस्यद्वय उम्मेदवार विचारी प्रसाद यादव र लालबाबु राउत गद्दीलाई मतदान गर्न आग्रह गर्दै महिला संघले घरदैलो गरेको हो ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा जसपा–एमाले गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउने लक्ष्यका साथ आफूहरुले अभियानलाई तीव्रता दिएको समाजवादी महिला संघकी मधेश प्रदेश उपाध्यक्ष पिंकी यादवले बताईन् ।

देश र जनताको हित तथा पर्सा जिल्लाको वृहतर विकासका लागी जसपा–एमाले गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु पर्ने उनको भनाई छ । समाजवादी महिला संघले गरिरहेको घरदैलो र विभिन्न चुनाव केन्द्रित कार्यक्रमको यादवकै संयोजकत्वमा भइरहेको छ ।

घरदैलोका क्रममा संघसँग आबद्ध महिला नेतृहरुले जसपा–एमाले गठबन्धन जिन्दावाद, छाता छाप जिन्दावाद जस्ता नारा पनि लगाएका थिए । कार्यक्रममा जसपा नेतृ अन्नपूर्ण मानन्धर, प्रेरणा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

Related posts

पर्सा १ मा चुनाव लडेका कर्णको गुनासो : मलाई “ टुरिष्ट उम्मेदवार ” पनि भन्छन्

उम्मेदवारी दिदै वनमन्त्री यादवले भने : पर्सा १ मा पुन जितेर नयाँ ईतिहास रच्छु

मन्त्री हटाउने होडबाजीले चुनावका बेला अस्थिरता आउन सक्छ

Leave a Comment