मधेसखबर
वीरगन्ज,०४ कात्तिक : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यमा जसपाका उम्मेदवार प्रदीप यादवलाई जिताउन समाजवादी महिला संघले पनि प्रचार प्रसार अभियानलाई निरन्तरता दिएको छ ।
समाजवादी महिला संघमा आबद्ध महिला नेतृहरुले मतदाताको घरघरमा पुगेर प्रतिनिधीसभा सदस्यका उम्मेदवार यादवको पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् । यसैक्रममा उनिहरुले शुक्रबार पनि वीरगन्ज महानगरपालिका वडा नम्बर २१ पटेलनगरमा पुगेर घरदैलो कार्यक्रम गरेका छन् ।
मतदातासंगको भेटघाटका क्रममा जसपाका महिला नेता कार्यकर्ताहरुले काम गर्ने नेतालाई नै फेरि अवसर दिए महिलाको सशक्तिकरण हुने र क्षेत्रको विकास पनि हुने बताए । घरदैलोका क्रममा खासगरि महिला मतदाताहरुले सांसदमा जितेर मन्त्री समेत भएका यादवले क्षेत्रको समृद्धि र विकासमा नमूनाम काम गर्नुका साथै युवती र गृहिणी महिलालाई आत्मनिर्भर बनाउने विभिन्न योजना पनि सन्चालन गरेकाले आफुहरुको यसपालिको पनि रोजाइ यादव नै भएको प्रतिक्रिया दिएको घरदैलोमा सहभागी समाजवादी महिला संघकी नेतृ प्रेरणा श्रेष्ठले जानकारी दिइन् ।
समाजवादी महिला संघ मधेस प्रदेश संघकी उपाध्यक्ष पिंकी यादवको नेतृत्वमा शुक्रबार भएको घरदैलो कार्यक्रममा नेतृहरु अन्नपूर्णा मानन्धर , सुनिता साह , लालसा चौधरी लगायतको सहभागीता थियो ।