मधेसखबर
वीरगन्ज,०५असोजः राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) सडक आन्दोलनमा उत्रिएको छ ।
जसपाले बुधबार वीरगन्जमा सडकै टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेको हो । जसपाका युवा विधार्थीहरुले वीरगन्जको आदर्शनगर चोकमा टायर बालेर नाराबाजी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको राजिनामा पनि मागेका छन् ।
मंगलबार मध्यरात १२ बजेसम्मको समयसीमा रहेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रमाणीकरण गर्न अस्विकार गरेकी हुन्।संसदको दुवै सदनबाट दोश्रोपटक पास भइ राष्ट्रपतिकोमा पठाइएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गर्नु पर्ने अन्तिम समय मंगलबार राति १२ बजे सम्म थियो । तर राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रमाणीकरण नगरेपछि उनले संविधानको उल्लंघन गरेको भन्दै चर्को आलोचना भइरहेको छ ।
त्यसैक्रममा बुधबार वीरगन्जमा जसपाका युवा विधार्थी नेताहरुले राष्ट्रपति भण्डारीको विरोधमा सडकमै टायर बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनिहरुले राष्ट्रपति भण्डारी मुर्दावाद , राष्ट्रपति भण्डारी राजिनामा दे , शीतल निवास खाली गर , लाखौं युवालाइ नागरिकता विहिन बनाउन पाइदैन लगायतका नारा पनि लगाएका थिए ।
विरोध प्रदर्शनमा सहभागी जसपाका जिल्ला सचिव तबरेज अहमदले संविधानको रक्षक राष्ट्रपतिले नै संविधानको ठाडो उल्लंघन गरेकाले उनको राजिनामाको माग गर्दै प्रदर्शन गरिएको बताए ।
उनले कुनै पनि विधेयक दुवै सदनबाट पारित गरि दोश्रो पटक राष्ट्रपतिकोमा पठाएपछि राष्ट्रपतिले १५ दिन भित्रमा प्रमाणीकरण गर्नु पर्ने प्रावधान संविधानमै उल्लेख रहेको बताए । तर राष्ट्रपति भण्डारीले एमाले पार्टीको कार्यकर्ता बनेर नागरिकता विधेयक प्रमाणीकरण नगरेको आरोप उनले लगाए ।
अहमदले भने ,‘ राष्ट्रपतिले तत्कालै राजिनामा दिइनन् भने हामी अअझ सशक्त आन्दोलनका साथ सडक उत्रिन्छौ , राष्ट्रपति भण्डारीलाइ घुडाँ टेकाएरै छाड्छौ ।
प्रदर्शनमा सहभागी जसपा निकट समाजवादी विधार्थी युनियन पर्साका अध्यक्ष एजाजबाबु राँकीले नागरिकता विधेयक प्रमाणीकर नगर्ने राष्ट्रपति भण्डारीको कदम संविधान माथिकै प्रहार भएको बताए । उनले भने ,‘ संविधान नै नमान्ने राष्ट्रपति यो देशलाइ चाहिएको छैन , त्यसैले राष्ट्रपतिले छिट्टै राजीनामा दिनु पर्छ होइन भने हामी देशभर आन्दोलनको आँधी बेहरी ल्याउछौ ।
राँकीकै नेतृत्वमा भएको प्रदर्शनमा जसपाकी नेतृ एंव प्रदेशसभा सदस्यहरु करिमा बेगम र भीमा यादव , जसपाका नगर अध्यक्ष इश्वरचन्द्र यादव , जिल्ला समन्वय समिति पर्साका पूर्व प्रमुख नेक महम्मद अन्सारी, जसपाका युवा नेता , सरोज यादव ,गौरव बर्मा ,विष्णु पटेल , मुकेश द्धिवेदी लगायतको सहभागीता थियो ।