Shere Parsa
समाचार हेडलाइन

मजदुर रिहाईको माग गर्दै बाराको सिडिओ कार्यालय अगाडि प्रदर्शन

फाइल फोटो

 

मधेसखबर
वीरगन्ज,०४ कात्तिक : बाराको त्रिवेणी स्पिनिङ मिल्स प्रालिका मजदुरहरुले शुक्रबार कलैया स्थित जिल्ला प्रशासन कार्यालय बारा अगाडि प्रदर्शन गरेका छन् ।

उधोगमा बिहीबार भएको प्रहरीसंगको झडपमा क्रममा पक्राउ परेका ७ जना मजदुरहरुलाई रिहाइ गर्न माग गर्दै उनिहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

दशैंतिहारको बोनस माग गर्दै आन्दोलनरत मजदुरहरुले उद्योगका सिइओ सहित १३ जना कर्मचारीलाई २४ घण्टा भन्दा बढि समय सम्म थुनेपछि बिहीबार उद्धार गर्न गएको प्रहरी टोली र आन्दोलनरत मजदुहरु बिच झडप भएको थियो । झडपमा प्रहरीले ३४ राउण्ट अश्रु ग्याँस र एक राउण्ड हवाइ फायर गरेको थियो ।

झडपमा १० जना प्रहरी र १४ जना मजदुर घाइते पनि भएका थिए । झडपमा संलग्न मध्येका ७ जना मजदु्रलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

दशैं तिहारको बोनश भत्ताको माग राखेर गरिएको आन्दोलनमा प्रहरीले दमन गरेको र उल्टै ७ जनालाई फकेर प्रहरी हिरासतमा पनि राखेका भन्दै मजदुरहरुले आफ्ना साथीहरुको निशर्त रिहाइको माग गरेर प्रदर्शन गरिएको मजदुर प्रभास यादवले बताए ।

Related posts

ठोरीवासीको पिडा : १ सय ५० परिवारका लागि एउटा मात्रै धारा

माइस्थानको सडकमा सवारीसाधन प्रवेशमा लगाइएको रोक हटाउन व्यपारीहरुको माग

पर्सा ३ को (ख) मा स्वतन्त्र उम्मेदवारी दिने जसपा नेता शीवजी सोनीको घोषणा

Leave a Comment