Shere Parsa
राजनीति हेडलाइन

पर्सामा को को ले उम्मेदवारी फिर्ता लिए ? ( नाम र क्षेत्र सहित )

मधेसखबर
वीरगन्ज,२६ असोज : पर्सामा असोज २३ गते प्रतिनिधीसभा र प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गराएकाहरु मध्ये ६ जनाले बुधबार उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि असोज २३ गते पर्सामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि गरि कूल १६७ जनाले उम्मेदवारी दिएका थिए । ती मध्ये बुधबार ६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

आयोगले उम्मेदवारी फिर्ता लिन दिएको समय अवधीमा पर्सामा प्रतीनीधीसभा तर्फ ४ जना र प्रदेशसभा तर्फ २ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए ।

प्रतीनीधी सभासदस्य तर्फका पर्सा क्षेत्र नम्बर १ मा २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पर्सा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएकी शान्ति देवी खड्का र हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका नन्द किशोर श्रीवास्तवले बुधबार उम्मेदवारी फिर्ता लिएको पोखरेलले जाकारी दिए ।

यस्तै पर्साको क्षेत्र नम्बर ४ मा प्रतिनिधीसभा सदस्यमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर शाक्य र स्वतन्त्र उम्मेदवारी दिएका महमद कलिमले पनि उम्मेदवारी फिर्ता लिएका लिएका छन् । शाक्यले ननेकपा माओवादी केन्द्रबाट टिकट नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका थिए ।

प्रदेशसभा सदस्य तर्फ पर्साको निर्वाचन क्षेत्र नम्बर १ को (ख ) मा स्वतन्त्र उम्मेदवारी दिएका महमद फकिर देवान र क्षेत्र नम्बर ३ को (क) मा काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका
मनोज प्रसाद यादवले पनि बुधबार उम्मेदवारी फिर्ता लिएको पोखरेलले जानकारी दिए ।

Related posts

स्वतन्त्र उम्मेद्वार रुपेशमानलाई जिताउने अभियानमा युवासंगै अग्रजहरु पनि

पर्सा ३ (क) मा काँग्रेसका बागी मनाेज यादवकाे उम्मेदवारी फिर्ता

पर्सा १ (ख) का महिला मतदाता भन्छन् : मुख्यमन्त्रीलाई हामी चिन्दैनौ , कुर्मीलाइ जिताउछौ

Leave a Comment