Shere Parsa
राजनीति हेडलाइन

वीरगन्जका मतदाता भन्छन् : प्रदीप यादव काम गर्ने नेता हुन् ,यसपालि फेरि जिताउछौ

मधेसखबर
वीरगन्ज,०४ कात्तिक : पर्सा क्षेत्र नम्बर १ को शहरी क्षेत्रमा पर्ने वीरगन्ज महानगरपालिकाका विभिन्न वडाहरुमा शुक्रबार जसपाले गरेको चुनावी रोड शो का क्रममा मतदाताहरुले जसपाबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवलाई भव्य स्वागत गरेका छन् ।

जसपा–एमाले गठबन्धनले चुनावी प्रचार प्रसार अन्तर्गत शुक्रबार वीरगन्ज महानगरका तीन वटा वडामा गरेको रोड शो का क्रममा पूर्वमन्त्री यादवलाई मतदाताहरुले स्वागत गर्दै आफुहरुले यादवलाई अत्याधिक मतले विजयी बनाउने प्रतिबद्धता पनि जनाएका छन् ।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर ११ श्रीपुर, नयाँ टोल , वडा नम्बर १२ को मुर्ली र वडा नम्बर १५ को लक्ष्मणवा र भेडियाहीमा शुक्रबार मुख्यमन्त्री एंव प्रदेशसभा सदस्य उम्मेदवार लालबाबु राउतसंगै रोड शो गरेका यादवलाई मतदाताले ठाँउ ठाँउमा स्वागत गरेका हुन् ।

त्यसक्रममा मतदाताहरुले पर्सा १ मा प्रदीप यादवले विकास निर्माणसंगै राष्ट्रिय रुपमा पहिचान दिलाउने गरि गरेका कामहरुका कारण क्षेत्रवासीले फेरि एक पटक उनलाई अवसर दिने सोचमा रहेको बताए ।

पर्सा १ का जनता नाम र अनुहार नभइ आफनो क्षेत्रमा काम गरेका नेताको पक्षमा रहेको भन्दै उनिहरुले यादवले गरेका कामहरुकै कारण यसपालि फेरि यादवलाई नै जिताउने मुडमा रहेको पनि बताए । त्यसक्रममा प्रतिनिधीसभा सदस्यका उम्मेदवार यादवले पनि कामको मुल्यांकन गरेर आफना जनप्रतिनिधी चुन्न मतदाताहरुसंग अनुरोध गरे ।

मतदाताको चाहना र भरोसा पुरा गर्न नै आफु राजनीतिमा लागेको भन्दै यादवले मतदाताहरुसंग भने ,‘ तपाइहरुको सद्भाव र साथले म मा अझ उर्जा थपिएको छ , तपाइहरुको भरोसामा म सदैव खरो उत्रिनेछु , ढुक्क रहनु होला ।

शुक्रबारको चुनावी रोड शो मा जसपा र एमालेका नेता कार्यकर्ताहरुसंगै स्थानीय मतदाता पनि सहभागी भएका थिए ।

Related posts

जेलमा रहेका अफताब आलमलाइ काँग्रेसले उम्मेदवार बनाउदैन : गगन थापा

नागरिकता लगायतका मुद्धा सम्बोधनका लागि जसपा जित्नु पर्छ : प्रदीप यादव

प्रधानमन्त्री देउवालाई मुख्यमन्त्री राउतको काउण्टर : प्रदेश सरकारका गठबन्धनका मन्त्रीहरु हटाउने तयारी

Leave a Comment