Shere Parsa
मधेस प्रदेश हेडलाइन

मुख्यमन्त्री राउतद्वारा काँग्रेसका तीन मन्त्री बर्खास्त

मधेसखबर
वीरगन्ज, २८ असोज :मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा नेपाली कांग्रेसबाट मन्त्री रहेका तीन जनालाई मन्त्री पदबाट बर्खास्त गरेका छन् ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारको मन्त्रिपरिषदबाट जसपाका चार जना मन्त्रीलाई बर्खास्त गरेपछि शुक्रबार मुख्यमन्त्री राउतले पनि मधेस सरकारको मन्त्रिपरिषदबाट कँंग्रेसका ३ जना मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

प्रदेश सरकारबाट बर्खास्त हुने कांग्रेसका मन्त्रीहरुमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओम प्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंह छन् । तीनै जनालाई मुख्यमन्त्री राउतले बिहिीबार नै फोन गरी राजीनामा दिन भनेका थिए । तर उनिहरुले राजीनामा नदिएपछि शुक्रबार मुख्यमन्त्री राउतले बर्खास्त गरेका हुन् । प्रदेश सरकारमा उनीहरु २०७८ जेठ २६ गते मन्त्री नियुक्त भएका थिए ।

बर्खास्त गरिएका ती मन्त्रालयहरुको जिम्मेवारी अब मुख्यमन्त्री राउतले नै सम्हाल्ने भएका छन ।

मधेश सरकारमा एकीकृत समाजवादीबाट शत्रुधन महतो वन तथा पर्यटन मन्त्री, प्रमोद यादव कानून, न्याय तथा प्रदेश सभा मामिलामन्त्री र नागेन्द्र राय यादव राज्य मन्त्री छन् । यसैगरी नेकपा माओवादी केन्द्रबाट गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह र राज्यमन्त्री रुवीकुमारी कर्ण छन् ।

सत्ता गठबन्धन छाडेर जसपाले नेकपा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई बिहीबार बर्खास्त गरेका थिए ।

 

Related posts

जसपा नेता यादव भन्छन् : हाम्रै बैशाखीमा प्रधानमन्त्री बनेका देउवाले ठूलो गल्ती गरे

हैसियत अनुसार सिट पाए मात्र लोसपाले चुनावी तालमेल गर्छ नत्र एक्लै लड्छ : सोनल

प्रधानमन्त्री देउवालाई मुख्यमन्त्री राउतको काउण्टर : प्रदेश सरकारका गठबन्धनका मन्त्रीहरु हटाउने तयारी

Leave a Comment