Shere Parsa
राजनीति हेडलाइन

जसपा नेता यादव भन्छन् : हाम्रै बैशाखीमा प्रधानमन्त्री बनेका देउवाले ठूलो गल्ती गरे

मधेसखबर
वीरगन्ज, २८ असोज : प्रधानमन्त्री शेर बहादुर देउवाले पदमुक्त गरेका संघीय सरकारका पुर्ब वन तथा वातावरणमन्त्री एंव जसपा नेता प्रदीप यादवले निर्वाचन आचारसंहिता लागु गरिएका बेला मन्त्रीहरुलाइ पदमुक्त गरेर प्रधानमन्त्री देउवाले ठूलो गल्ती गरेको बताएका छन् ।

उनले भने , ‘प्रधानमन्त्रीले सोच्नु पर्ने कुरा के थियो भने निर्वाचन आचारसंहिता लागु भएका बेला , कुनै पनि ठूलो निर्णय गर्नु हुदैन्थ्यो , किन कि यसअघि केपी ओलीको सरकारका पालामा पनि ओलीले संसद बिघटन गरेर चुनाव घोषणा गरेर मन्त्रीमण्डल गठन गरेका थिए , तर सर्वोच्च अदालतले त्यसलाइ खारेज गरिदिएको थियो ।

प्रधानमन्त्री देउवाको पछिल्लो कदम राजनीतिक प्रतिशोध मात्र भएको यादवले बताए । उनले भने ,‘ देउवा जसपाकै समर्थनले प्रधानमन्त्री बनेका हुन् , हाम्रै बैशाखीमा प्रधानमन्त्री बन्ने अनि हामीलाई नै बर्खास्त गरिदने ? देउवाले ठूलो गल्ती गर्नु भएको छ ।
उनले यदि अदालतमा जाने हो भने अदालते अहिले हटाइएका मन्त्रीहरुलाई पुर्नबहाली गरिदिने बताए ।तर आफुहरु अदालत भने नजाने पनि उनले प्रष्ट पारे ।

Related posts

पर्सा ४ मा कसले मगायो भारतबाट रुख छाप नभएको १५ हजार फर्जि मतपत्र ?

पर्सामा जसपाका केन्द्रिय सदस्य सिपु तिवारी सहित २६ जनाद्धारा पार्टी परित्याग

देउवाकाे मनाेमानी विरुद्धकाे धर्नामा पर्साका नेता कार्यकर्ता पनि सहभागी

Leave a Comment