Shere Parsa
राजनीति हेडलाइन

दिईएको समयवधीमा पर्सामा ६ जनाद्वारा उम्मेदवारी फिर्ता


मधेसखबर
असोज २६ गते , वीरगञ्ज :
पर्सामा आज ६ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि असोज २३ मा उम्मेदवारी दिएका उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगले दिएको समय अवधीमा प्रतीनीधी सभा तर्फ ४ जनाले र प्रदेश सभा तर्फ २ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिएका छन् ।

प्रतीनीधी सभा सदस्य तर्फका पर्सा क्षेत्र नम्बर १ मा २ जना मध्ये एक जना पार्टिका र अर्का एक जना स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएकाले उम्मेदवारी फिर्ता लिएका छन् भने क्षेत्र नम्बर ४ बाट २ जना ले उम्मेदवारी फिर्ता लिएकोमा एक जना पार्टिका तर्फबाट अर्का एक जना स्वतन्त्र उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।

त्यस्तै प्रदेश सभा सदस्य तर्फ पर्साको निर्वाच क्षेत्र नम्बर १ को ख का एक जना स्वतन्त्र उम्मेदवार र क्षेत्र नम्बर ३ को क का एक जना स्वतन्त्र उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।

प्रतीनीधी सभा सदस्य तर्फ , पर्सा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएकी शान्ति देवी खड्का र हाम्रो नेपाली पार्टिबाट उम्मेदवारी दिएका नन्द किशोर श्रीवास्तवले नाम फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै पर्साका क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टिका टेक बहादुर शाक्य र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका महमद कलिमले नाम फिर्ता लिएका छन् ।

प्रदेश सभा सदस्य तर्फ पर्साको क्षेत्र नम्बर १ को ख बाट स्वतन्त्र उम्मेदवार महमद फकिर देवान र ३ को क बाट स्वतन्त्र उम्मेदवार मनोज प्रसाद यादवले नाम फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिन चाहनेले आज बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी र्फिता लिन समय सिमा तोकेको थियो । विभिन्न पार्टीका उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको भएपनि आफ्नो नाम फिर्ता लिने उम्मेदवारको नाम न्युन देखीएको छ ।

पर्सामा चार जना मात्रै महिला नेतृले उम्मेदवारी दर्ता गराएकोमध्ये आज प्रतीनीधी सभा तर्फबाट एक जनाले नाम फिर्ता लिएसंगै महिला उम्मेदवारको संख्या झन् न्युन भएको निर्वाचन अधिकृत पोखरेलले बताए ।

 

हाल पर्सामा प्रतीनीधी सभा सदस्य तर्फ ५७ र प्रदेश सभा सदस्य तर्फ १ सय १० गरी कुल १ सय ६७ जनाले उम्मेदवारी दर्ता गराएकोमा ६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

 

Related posts

काँग्रेस उम्मेद्वार कुर्मी भन्छन् : वीरगन्जका काेहि पनि मुख्यमन्त्रीसंग सन्तुष्ट छैनन्, उल्टै भ्रष्टाचार गरेर मधेसलाई बदनाम गराए

नेपाल भारत बिचको सम्बन्ध बिगार्न चिन र पाकिस्तानको चलेखल : अध्यक्ष झा

प्रदेशसभा सदस्यमा डा.मधुलाई नै भोट हाल्न राजकुमार गुप्ताको आग्रह

Leave a Comment