Shere Parsa
राजनीति

परिवर्तनको प्रत्याभुती गराउने लोसपा उम्मेदवार रमेश कुर्मीको प्रतिबद्धता

मधेसखबर
वीरगन्ज, ०४ कार्तिक : वीरगन्ज महानगरपालिका वडा नम्बर १७ का मतदाताले यसपाली फेरि प्रदेश सभा सदस्यमा  लोसपा उम्मेदवार रमेश प्रसाद कुर्मीलाई नै जिताउने बताएका छन् ।

पर्साको क्षेत्र नम्बर २ (ख) बाट कुर्मीको जित सुनिश्चित रहेको स्थानीय लालबाबु पटेलले बताए । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बनेका कुर्मीले जनताको माझमा बनाएको सकारात्मक छापले नै उनले मत पाउने र विजयी हुने पटेलको दावी छ ।

स्थानीय नन्दलाल यादवले पनि आफ्नो मत कुर्मीलाई नै जाने बताए । कुर्मीले निर्वाचित भएपछि आफ्नो क्षेत्रमा विकास निर्माणका काम गर्नुपर्ने स्थानीय सन्तोष तिवारीले पनि बताए । त्यस क्षेत्रका युवाहरुको खेलकुदतर्फ बढी आकर्षण भएको हुँदा उपयुक्त किसिमको खेल मैदानसँगै खेलाडीहरुका लागि आवश्यक खेल सामाग्रीको व्यवस्था गरिदिनुपर्ने माग पनि त्याहाँका युवाहरुले कुर्मीसमक्ष राखेका थिए । त्याहाँका मतदाताले राखेका मागहरु जायज भएको बताउँदै उम्मेदवार कुर्मीले आफुले पहिलो कार्यकालमा पूरा गर्न नसकेका कामहरुलाई निरन्तरता दिनुका साथै युवा स्वरोजगारलाई पनि प्राथमिकता दिने बताएका छन् ।

्फेरी एकपटक अवसर दिएमा आफ्नो क्षेत्रका जनताले विकास र परिवर्तनको प्रत्याभुती गर्न पाउने कुर्मीको प्रतिबद्धता छ । साथै उनले यस गाउँका जनताकै मागबमोजिम सामुदायिक विवाह भवन र खेलकुद मैदान बनाउने वाचा पनि गरेका छन् ।

विगतको दिनमै देखेको सपना पूरा गर्न नसकेको बताउँदै उनले अबको निर्वाचनमा विजयी बनाए जसरी पनि पूरा गर्ने बताएका छन् । सो अवसरमा मौलाना सविर साहव, शेख फिरोज लगायत सत्ता गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्ता एंव स्थानीयको सहभागीता थियो ।

Related posts

पर्सा २ का काँग्रेस उम्मेदवारको समर्थनमा उत्रिए गृहिणी महिलाहरु पनि

जनताको सेवामा निरन्तर खट्ने नेतालाई भोट हाल्न प्रदीप यादवको अनुरोध

पर्सामा काँग्रेसले खोल्यो जितको खाता , प्रदेशसभा सदस्यमा पटेल निर्वाचित

Leave a Comment