मधेसखबर
वीरगन्ज,२३ असोज : जनता समाजवादी पार्टी (जसपा) बाट टिकट नपाएपछि समाजसेवी प्रमोद जयसवाले प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
पर्सा सुखुवा प्रसौनी गाँउपालिका ५ महुवन निवासी जयसवालले पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को (क) मा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन् । जसपा र एमाले बिचको गठबन्धनमा उत्तःm क्षेत्र एमालेको भागमा परेको छ । एमालेबाट त्यस क्षेत्रमा मन्जुर अन्सारीले र सत्ता गठबन्धनबाट माओवादी केन्द्रका छोटेलाल यादवले उम्मेदवारी दिएका छन् ।
अन्र्तराष्ट्रिय गैरसरकारी संस्था एक्सन एड इन्टरनेशनलको क्षेत्रीय निर्देशक रहेर लामो समय काम गरिसकेका जयसवालले दलको अधिनमा बसेर जनताको सेव ागर्न नसकिने भएकाले स्वतन्त्र भएर उम्मेदवारी दिएको बताए । सखुवा प्रसौनी गाँउपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवालको दाजु समेत रहेका जयसवालले आफनो क्षेत्रका जनताको माग र चाहना अनुसार पनि आफुले उम्मेदवारी दिएकाले जित सुनिश्चित रहेको बताए ।