Shere Parsa
राजनीति हेडलाइन

लोकतन्त्र ,संविधान र संघीयता रक्षाका लागि काँग्रेसलाई मत दिन चौरसियाको अपिल

मधेसखबर
वीरगन्ज, ०१ मंसिर : पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्यमा सत्ता गठबनधनका साझा उम्मेदवार अजय चौरसियाले प्रतिगमनलाई परास्त गर्न पनि काँग्रेस नेतृत्वको गठबन्धनलाई मत दिइ विजयी बनाउन अपिल गरेका छन् ।

 

बिहीबार साँझ सामाजिक सन्जाल मार्फत अपिल गर्दै काँग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसियाले मंसिर ४ को निर्वाचन प्रतिनिधिसभा वा प्रदेशसभा सदस्यको छनौट गर्ने मात्र नभइ लोकतन्त्र , संविधान र संघीयताको संरक्षण गर्नका लागि प्रतिगमनकारी शक्तिलाई किनारा लगाउने सुनौलो अवसर भएकाले काँग्रेस नेतृत्व गठबन्धनको जित आवश्यक भएको बताएका छन् ।

उनले भनेका छन् ,‘ त्यसैले सारमा भन्नुपर्दा यो निर्वाचन अग्रगमन पक्षधर र प्रतिगमनका मतियारहरू बीचको लडाईं हो , जनताले अग्रमन पक्षधर काँग्रेस नेतृत्वको गठबन्धनलाई जिताउनु पर्छ ।चौरसियाको अपिलमा भनिएको छ – यदि यो निर्वाचनमा चुक्यौं भने विद्यमान शासन र लोकतान्त्रिक व्यवस्था नै जोखिममा पर्ने प्रस्टै छ,। जुन कुरा हामीले पटक–पटक संसदीय व्यवस्थामाथि भएको प्रहार र विगतमा भोग्नुपरेको निरंकुश व्यवहारबाट अनुभूत गरिसकेका छौं ।

उनले एमाले र उससंग सत्ता लिप्साका लागि अपबित्र गठजोर गरेको जसपा दुवै प्रतिगामी भएकाले उनिहरुलाई जनताले ब्यालेटका मार्फत जवाफ दिनु पर्ने पनि बताएका छन् ।चौरसियाले भनेका छन् – जबजब लोकतन्त्र र जनअधिकार खतरामा पर्छ, तब तब नेपाली काँंग्रेसले नेतृत्वदायी भूमिका खेल्दै देशलाई सुरक्षित रूपमा अवतरण गराउँदै आएको सर्वविदितै छ। अहिले फेरि पनि नेपाली काँग्रेस माथि नै देश बनाउने र विभिन्न आन्दोलनहरूबाट प्राप्त उपलब्धीहरू जोगाउने जिम्मेवारी आइपरेको छ ।

यो जिम्मेवारी कांग्रेसले तबमात्र पूरा गर्न सक्छ जब जनताबाट यसअघिका अप्ठेरा अवस्थाहरूमा जस्तै साथ–सहयोग र समर्थन प्राप्त गर्नेछ।तसर्थ यो गहन जिम्मेवारी पूरा गर्ने सवालमा आमजनता एकमत भई पर्सा २ मा पनि काँग्रेस काँग्रेस र लोसपाका उम्मेदवारहरूलाई विजयी बनाउन उनले अपिल गरेका छन् ।

Related posts

वन तथा वातावरणको क्षेत्रमा नमुना काम गरेर देखाउछु : मन्त्री यादव

सुकुम्बासीको नाममा वनको जग्गा अतिक्रमण गर्ने षड्यन्त्र सफल हुँदैन : मन्त्री यादव

वीरगन्जको स्पर्श मल्टिस्पेशालिटी हस्पिटलमै बालिका बलात्कृत

Leave a Comment