Shere Parsa
राजनीति हेडलाइन

पर्सामा १२ पदका लागि १४४ जना उम्मेदवार , आधा भन्दा बढी स्वतन्त्र

मधेसखबर
वीरगन्ज ,२३ असाेज: पर्सामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य गरि १२ पदका लागि १४४ जनाकाे उम्मेदवारी परेकाे छ ।

पर्सामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्रमा छ । आइतबार भएकाे मनाेनयनमा पर्सामा कुल १४४ जनाकाे उम्मेदवारी परेकाे हाे । ती मध्ये स्वतन्त्र उम्मेदवारकाे संख्या ८२ छ ।

चार प्रतिनिधिसभा सदस्यका लागि ५० जनाकाे उम्मेदवारी परेकाेमा २४ जना स्वतन्त्र उम्मेदवार छन् ।यस्तै आठ प्रदेशसभा सदस्यका लागि ९४ जनाकाे उम्मेदवारी परेकाेमा स्वतन्त्र उम्मेदवारकाे संख्या ५८ छ ।

पर्साको निर्वाचन क्षेत्र नम्बर १ को प्रतीनीधीसभा सदस्यका लागि २२ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये दलगत रुपमा १० जनाको र स्वतन्त्र १२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत विनोद कुमार पोखरेलले जानकारी दिए । यस्तै प्रदेशसभा सदस्यका लागि पर्सा १ को (क ) मा १७ जनाले उम्मेदवारी दिएका छन् जसमध्ये ११ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यसैगरी प्रदेश तर्फको पर्सा १ को (ख) मा १६ जनाको उम्मेदवारी परेकोमा १२ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।

त्यस्तै पर्साको निर्वचन क्षेत्र नम्बर २ को प्रतीनिधी सभा सदस्य तर्फ ११ जनाले उम्मेदवारी दिएकोमा ३ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी पर्सा क्षेत्र नम्बर २ को (क ) मा प्रदेशसभा सदस्यका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । ती मध्ये ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै पर्सा २ को ख तर्फ प्रदेशसभा सदस्यका लागि १४ जनाको उम्मेदवारी दर्ता भएकोमा ९ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृत सुशिल देवकोटाले जानकारी दिए ।

पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को प्रतीनीधीसभा सदस्यका लागि ११ जनाको उम्मेदवारी परेकोमा ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रदेश सभा सदस्यमा पर्सा ३ को (क) बाट १३ जनाले उम्मेदवारी दिएकोमा ८ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । त्यस्तै पर्सा ३ को (ख) मा १४ जनाले उम्मेदवारी दिएकाेमा ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृत योगनाथ ढकालले जनाए ।

पर्साको निर्वाचन क्षेत्र नम्बर ४ को प्रतीनीधीसभा सदस्य तर्फ ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् जसमध्ये ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यसैगरी पर्सा ४ को (क) मा प्रदेश सभा सदस्यका लागि ४ जनाको उम्मेदवारी परेकोमा १ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने ४ को (ख) बाट ७ जनाले उम्मेदवारी दिएकोमा ४ जनाको स्वतन्त्र उम्मेदवारी परेको क्षेत्र ४ का निर्वाचन अधिकृत रमेश श्रेष्ठले जनाए ।

मुख्य राजनीतीक दलहरुले चुनावी तालमेल गरेर चुनावका लागि होमीएपछि टिकट नपाउँदा अधिकांश स्वतन्त्र उम्मेदवारी दिएको पाईएको छ । खासगरी मधेसी केन्द्रित दलहरुमा आबद्ध नेताहरुले नै स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टिले योगदानको मुल्याकंन नगरेको कारण बागी बन्दै स्वतन्त्र उम्मेदवारी दिनुपरेको उनीहरुको भनाई छ ।

Related posts

३ क्षेत्रमा अड्कियो एमाले–जसपा सहमति

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक पुन राष्ट्रियसभामा प्रस्ततुत

प्रचण्ड विरुद्ध उम्मेद्बारी दिन्छु : काँग्रेस नेता घिमिरे

Leave a Comment