Shere Parsa
राजनीति

एमाले छाडेका घनश्याम भूसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने

मधेसखबर
वीरगन्ज, २२ असोज : नेकपा एमाले टिकट नदिएपछि घनश्याम भूसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

एमालेले प्रतिनिधिसभाको टिकट नदिएपछि भूसालले शनिबार दिउँसो एमाले परित्यागको घोषणा गरेका हुन् । भुषाल निकटका नेताहरुका अनुसार अब उनले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने छन् ।

सत्ता गठबन्धनका नेताहरुले भुसाललाई आफूहरुसँग मिलेर चुनाव लड्न प्रस्ताव गरेका छन् । सत्ता गठबन्धनको भागवण्डामा रुपन्देही १ माओवादी केन्द्रको भागमा परेको छ । माओवादी नेताहरुले भुसाललाई आफ्नो दलको चुनाव चिह्न लिएर चुनाव लड्न समेत प्रस्ताव गरेका छन् ।

तर भुसालले भने कुनै दलको चुनाव चिह्नमा नलड्ने बताएका छन् । स्रोतका अनुसार भुसालले स्वतन्त्र उम्मेदवारी दिने र गठबन्धनले समर्थन गर्ने सम्भावना छ ।

Related posts

पर्साका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? (चार वटै क्षेत्रको सुची)

बारा ४ ( ख) मा साेनल र श्रेष्ठकाे लहर

पर्सामा जसपा–एमाले गठबन्धन जिताउन संयुक्त महिला परिचालन समिति गठन

Leave a Comment