Shere Parsa
कृषि हेडलाइन

गण्डक नहरमा पानी आएपछि किसानलाई रोपाईमा थप राहत


मधेसखबर
वीरगञ्ज साउन १७ गण्डक नहरको पानी १२ नम्बर ब्लकसम्म पुगेको जनाईएको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय पर्साका सूचना अधिकृत इन्जिनियर सुबोध कुशवाहाले एक साता यता नहरमा ६ सय क्युसेकको हाराहारीमा पानी आउन थालेपछि नहरको ब्लक नम्बर १२ अर्थात बारा र रौतहटको सीमा बंकुलसम्म पानी पुगेको बताएका छन् । ।

नहरमा पर्याप्त पानी आउन थालेपछि धमाधम रोपाइँ थालेको किसानहरु बताएका छन् । वर्षा पनि नहुँदा र नहरमा पनि पानी नआउँदा किसानले रोपाइँ गर्न सकेका थिएनन् । तर हाल नहरमा पपानी आएको र हल्का वर्ष पनि बेलामा बेलामा भईरहेकोले धान रोपाईका लागि सहज भएको किसानहरुको भनाई छ ।

यसअघि नहर पर्ने भारतीय भूमिमा ८० आरडीमा किनारबाट लिकेजको समस्या पनि मर्मत सम्भार गरेपछि भारतले हाल नहरमा ६ सय क्युसेकसम्म पानी दिएको कुशवाहाले जानकारी दिए ।

वर्षा नभएको समयमा नहरमा पानी पनि कम आएको गुनासो नहरमा आश्रित किसानको थियो । वर्षै पिच्छे नहरमा पानी छोड्ने बेलामा नै समस्या देखाएर पानी ढिलो र कम छोड्ने गरेका कारण समस्या हुने गरेको किसानहरुको गुनसाो छ ।

एक साता यता नियमित वर्षा भइरहेकाले पनि नहरमा पानीको प्रवाह बढेको छ । नहरमा आश्रित पर्सा र बाराको पूर्वी भेग तथा रौतहटको पश्चिमी भेगका किसानले पनि रोपाइँ सम्पन्न गरिसकेको कुशवाहाले बताए ।

नवलपरासीको भैंसालोटन स्थित नेपाल–भारत सीमामा निर्मित व्यारेजबाट भारतीय पक्षले नहरमा पानी छोड्ने गर्छ ।

भारतसँगको सम्झौता अनुसार वर्सेनि धानबालीका लागि असार १५ र गहुँ बालीका लागि पुस १० देखि गण्डक नहरमा ८ सय ५० क्युसेक पानी आइसक्नु पर्छ ।

भारतमै ९२ किमी यात्रा गरेर यो नहर पर्साको जगरनाथपुर गाउँपालिकाको जानकीटोलाबाट नेपालमा प्रवेश गर्छ । पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाई नेपालतर्फ ८१ किमी छ ।

Related posts

देशमा सुशासन स्थापना गर्न जसपा-एमाले गठबन्धनको जित आवश्यक : प्रदीप यादव

वन मन्त्रालयका काम कारवाहीलाई थप प्रभावकारी बनाउँछौँ : मन्त्री यादव

ब्रेक फेल भएपछि चालक हाम्फाले, बस बगरमा बजारियो

Leave a Comment