Shere Parsa
समाचार हेडलाइन

बारा बस दुर्घटना अपडेट : बाराकी थप १ बालिकाको मृत्यु , मृतकको संख्या १७ पुग्यो

क्रान्ति शाह
वीरगन्ज, २१ असोज :बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगन्जको तीन नम्बर पुलमा बिहीबार भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
दुर्घटनामा परि घाइते भएकी बाराको कलैया निवासी १२ वर्षीया बालिका कृतिका चौधरीको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहीबार राति साढे ९ बजे मृत्यु भएपछी मृतकको सख्या १७ पुगेको हो ।
मृतक १७ जना सबैको सनाखत भइ शव आफन्तले बुझेर लगिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेहरुमा पर्साका ३ जना रहेका छन् । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ की ३५ बर्षिया मुन्नीदेवी चौरसिया , वीरगन्ज १६ कै ६० बर्षिय सोम प्रसाद चौरसीया र सखुवा प्रसौनी गाउँपालिका– ६ का दया शंकर राउतको मृत्यु भएको हो ।
यस्तै बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २ का ४१ बर्षिय लिलाराज चौरसिया , कलैया १० की ३५ बर्षिया नाजलिन खातुन , कलैया १० कै २५ बर्षिय इताजत अन्सारी , बाराकै जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगन्जका २८ बर्षिय सुरेश विक , कलैया निवासी १२ वर्षीया बालिका कृतिका चौधरी, बाराकै ५५ वर्षीय राम आश्रय राय र धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ का ५० बर्षि सन्तोष कुमार रायको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य मृतकहरुमा चितवनको खैरहनी नगरपालिका वडा नम्बर ५ बुडौलीकी ६३ बर्षिया नन्द कुमारी पुडासैनी , खैरहनी ५ कै ३५ बर्षिय मनोरथ पुडासैनी, कालिका नगरपालिकाको रमाईलो चोक घर भएका १५ बर्षिय सफल कडेल , मकवानपुरको हेटौडा उपमहानगरपालिका ७ की ५५ बर्षिया शुभलक्ष्मी श्रेष्ठ , त्यहि स्थानकी १९ बर्षिया स्वस्तिका श्रेष्ठ , ओखलढुङ्गा जिल्ला घर भएका लाल बहादुर बोगटी , गोर्खा जिल्ला घर भएकी ३५ बर्षिया अम्बिका कडेल रहेका छन् ।

घाइतेमध्ये २१ जनाको चितवनको भरतपुर, ८ जनाको वीरगन्जमा र ५ जनाको हेटौँडाका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका ४ जना भारतीय नागरिकलाई भने उनीहरुका आफन्तले भारतमा नै लगेर उपचार गराइरहेको प्रहरीले जनाएको छ ।

नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुल नजिकै मोडबाट २० मिटर तल बगरमा खसेको थियो । बे्रक फेल भएका कारण बस दुर्घटना भएको चालक कोदिप्ति नारायण ढकालले प्रहरीलाई बयान दिएका छन् । बसमा ५० जना सवार थिए ।

Related posts

अस्पताल र डाक्टरलाइ बदनाम गरिए आन्दोलन गर्ने चिकित्सक संघको चेतावनी

वीरगन्जका नीजी विधालयको शुल्क निर्धारणका लागि महानगरद्धारा काम शुरु

पर्सामा अटोरिक्साको ठक्करबाट एक सशस्त्र प्रहरी घाइते

Leave a Comment