मधेसखबर
वीरगन्ज,२१ भदौं : वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका नीजी विधालयहरुको वर्गिकरणका लागि विधालयहरुको स्थलगत अवलोकन र निरिक्षण शुरु गरेको छ ।
नीजी विद्यालयहरुको वर्गीकरण तथा शूल्क निर्धारणका लागि महानगरपालिकाले गठन गरेको समितिले महानगरमा रहेका नीजी विधालयहरुको स्थलगत अवलोकन र निरिक्षण शुरु गरेको हो ।
नीजी विद्यालयहरुले मनपरि ढंगले शुल्क वृद्धि , पाठ्यपुस्तक परिवर्तन लगायतका मनोमानी गरेको भभन्दै अभिभावकहरुले गुनासो गरे पछि वीरगन्जका मेयर राजेशमान सिंहको निर्देशनमा नीजी विद्यालयहरुको वर्गीकरण तथा शूल्क निर्धारणका लागि वर्गीकरण तथा शूल्क निर्धारण समिति गठन गरेको थियो । मेयर सिंहकै संयोजकत्वमा गठित त्यहि समितिले मङगलबार देखि नीजी विधालयहरुको स्थलगत अनुगमन र निरिक्षण थालेको हो ।
समितिले विधालयहरुको अवलोकन एंव निरीक्षण गरेपछि विधालयको चौतर्फी मूल्यांकनका आधारमा वर्गीकरण गरिने समितिका सदस्य एंव वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।
कर्णका अनुसार,महानगरमा हाल ५२ वटा नीजी विधालयले स्वमूल्यांकन गरेको भनेर महानगरपालिकाको कार्यालयमा सूचीकृत गराएका छन् । पहिलो चरणमा तिनै ५२ वटा नीजी धिद्यालयको स्थलगत अवलोकन एंव निरीक्षण गरेर विद्यालयले गरेको स्वमूल्यांकन र समितिले गरेको मूल्यांकनका आधारमा विद्यालयहरुको वर्गीकरण गरिनेछ । विधालय आफैले महानगरमा सुचीकृत गराएको विवरणमा उनिहरुले दाबी गरे अनुसारको भौतिक संरचना , शैक्षिक गुणस्तर इत्यादि छ कि छैन भनेर अनुगमन गरिने र त्यसैको आधारमा समितिले वर्गिकरण गर्ने पनि उनले बताए ।
विधालयको भौतिक संरचना देखि शैक्षिक उपलब्धी लगायत सबै क्षेत्रको आधारमा विधालयको वर्गीकरण गरेर वर्ग अनुसारको शूल्क निर्धारण गरिने समितिका संयोजक समेत रहेका मेयर सिंहले बताए । शिक्षा क्षेत्रको सुधार र विकास बिना अन्य क्षेत्रको सुधार हुन नसक्ने भएकाले पहिलो चरणमा शिक्षाको सुधारका लागि नीजी विधालयहरुको वर्गीकरण र शूल्क निर्धारण हुन आवश्यक रहेकाले त्यसैलाइ मध्यनजर गर्दै समितिले काम थालेको सिंहले बताए ।
नीजी विधालयहरुको वर्गीकरण गरेर शूल्क निर्धारण गरेपछि विधलयले मनोमानी रुपमा शूल्क लिन नपाउने र अभिभावकको गुनासो पनि सम्बोधन हुने मेयर सिंहले बताए ।