Shere Parsa
राष्ट्रिय

नेपाल पत्रकार महासंघले माग्याे राष्ट्रपति भण्डारीकाे राजिनामा

मधेसखबर
वीरगन्ज ,०६ असाेज : नेपाल पत्रकार महासंघले राष्ट्रपतिले संविधानमाथि प्रहार गरेको भन्दै दीर्घकालीन समाधानका लागि निकास दिनुपर्ने भन्दै राजीनामा माग गरेको छ ।

 

पत्रकार महासंघको बिहीबार बसेको बैठकले पारित गरेको पहिलो प्रस्तावमै राष्ट्रपतिको राजीनामा माग गरिएको छ । महासंघको नेतृत्वमा सत्तारुढ पाँचदलीय गठबन्धनले जितेको छ ।

पत्रकार महासंघको बैठकले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्थाको उल्लंघन भएको भन्दै विधिको शासनमाथि प्रहार भएको ठहर गरेको छ ।

पत्रकार महासंघले भनेको छ, ‘जनताका प्रतिनिधिको सर्वोच्च संस्था संघीय संसदले बनाएका विधेयक वा अन्य कानूनहरू सही वा गलत भनेर टिप्पणी गर्ने अधिकार आमनागरिकलाई भएपनि विधिको शासनलाई पालना गर्नु राष्ट्रपतिदेखि आमनागरिकसम्म सबैको जिम्मेवारी हुन्छ । संविधानमाथि प्रहार भएको यो अवस्थाको दीर्घकालीन समाधानका लागि राष्ट्रपतिले निकास दिनुपर्ने मत महासंघको छ’ ।

Related posts

तिलावे पुलको उद्घाटन , अब आवागमन सहज हुने

वीरगन्जबाट पैदल हिडेर दिल्ली पुगेका मुन्नाले भने : सबै नेपालीलाइ धन्यवाद

जन्मसिद्ध नागरिकका सन्तानले वंशज नागरिकता पाउनु पर्छ : ओली

Leave a Comment