Shere Parsa
अर्थतन्‍त्र हेडलाइन

गुणस्तरहिन घ्यू उत्पादन उत्पादन गर्ने बाराको दुइ उधोगमा सिलबन्दी

मधेसखबर
वीरगन्ज,०६ असोज : चाडबाडका बेला गुणस्तरहिन घ्यू उत्पादन गरि बजारमा बिक्री गर्ने बाराको दुइ वटा उद्योगमा बजार अनुगमन टोलीले सिलबन्दी गरेको छ ।

बाराको फेटा गाउँपालिका वडा नंबर २ जगतपुर टोलमा सन्चालित दुइ वटा घ्यू उद्योग अनुगमन टोलीले सिलबन्दी गरेको हो ।जगतपुर स्थित एउटै गाँइगोठमा गुणस्तरहिन तरिकारले घ्यू उत्पादन गर्ने गहवामाई वेकरी सटिङ्ग रिपेरिङ्ग उद्योग र जय माँ लक्ष्मी डेरी उद्योग सिलबन्दी गरिएको हो ।

 

जिल्ला प्रशासन कार्यालय बारा, जिल्ला प्रहरी कार्यालय बारा , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगन्जबाट खटिएको संयुक्त टोलीले बुधबार साँझ दुवै उद्योगमा पुगेर अनुगमन गरेको थियो । अनुगमनका क्रममा एउटै गाँइगोठमा सन्चालित ती दुवै उद्योगमा उत्पादित विभिन्न ब्राण्डका तयारी घ्यू तथा कच्चा पदार्थ गुणस्तरहिन पाइएकोले सिलबन्दी गरिएको बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताए ।

अनुगमनका क्रममा गहवामाई वेकरी सटिङ्ग रिपेरिङ्ग उद्योगले उद्योग सन्चालनका लागि सरकारबाट इजाजत नै नलिएको , दुवै उद्योग एकदमै फोहोर रहेको र नक्कली ब्राण्डको लेबल टाँसेर घ्यू बजारमा पठाउने गरिएको भेटिएको बोगटीले बताए ।

अनुगमन पछि दुवै उद्योगमा रहेको तयारी घ्यू ११सय ६१ लिटर , बेकरी १६ सय लिटर र कच्चा पदार्थ १ सय ५० लिटर बरामद गरि दुवै उद्योगमा सिलबन्दी गरिएको उनले बताए । दुवै उद्योग सिल गरि अनुसन्धान अगाडि बढाइएको जानकारी पनि उनले दिए ।

Related posts

पर्सा जिल्लामा १६९ मतदान स्थल,११ हजार जनशक्ति खटिने

पर्साकाे महादेवपट्टीमा माेटरसाईकल दुर्घटना हुदा एक जनाकाे मृत्युु

मन्त्री यादवको क्षेत्रमा साढे २० करोडको लागतमा कालोपत्रे सडक निर्माण हुदै

Leave a Comment