Shere Parsa
राष्ट्रिय

बम बिस्फोट हुदा दुइ बालिकाको मृत्यु ,तीन घाइते

सांकेतिक फोटो

मधेसखबर
वीरगन्ज,१२ कार्तिक : कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ, ३ जना घाइते भएका छन् ।

स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख जयश्वर रिमालले जानकारी दिए ।

बम नयाँ हो वा पुरानो भन्ने नखुलेको प्रहरीको भनाइ छ । गम्भीर घाइते हुनेहरुमा तिलागुफा नगरपालिका–१० रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका छन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।

Related posts

बस दुर्घटना अपडेट : मृतकको संख्या १६ पुग्यो , घाइते २० जनालाइ भरतपुर पठाइयो

दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गरीँदै

१४ वर्ष अघिको मुम्बई हमलाको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन

Leave a Comment