Shere Parsa
राष्ट्रिय

नागरिकता विधेयक छिट्टै प्रमाणीकरण हुन्छ भन्नेमा विश्वस्त छु : पूर्वराष्ट्रपति यादव

फाइल फोटो

 

मधेसखबर
वीरगन्ज,२८ भदौं : पूर्वराष्ट्रपति डा. रामवरण यादवले सङ्घीय संसदबाट पुनः पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकता सम्बन्धी विधेयकले छिट्टै निकास पाउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

पूर्वराष्ट्रपति डा. यादवले भनेका छन्, ‘संविधानको अधिकार र परिधिभित्र रही राष्ट्रपतिबाट नागरिकता विधेयकलाई स्वीकार गरी यथाशीघ्र निकास दिनु नै उत्तम हुन्छ । यसरी नै यस विषयले निकास पाउँछ भन्नेमा म विश्वस्त छु ।’

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा यादव भन्छन् , ‘राष्ट्रपति, सरकार, संसद् र राजनीतिक दल संविधानले दिएको अधिकार र परिधिभन्दा बाहिर नजाऔँ ।’ नेपाली जनताको ठूलो सङ्घर्ष र बलिदानको उपलब्धिका रूपमा प्राप्त संविधानको कार्यान्वनलाई सहजरूपमा खदिलो तुल्याउँदै लैजानुपर्छ भन्दै उनले कुनै विषयमा अलमल भएमा विषयविज्ञ, संविधान र कानुनविद्सँग गरिएको परामर्शका आधारमा अघि बढ्न सकिने आफ्नो अनुभव सुनाए ।

पूर्वराष्ट्रपति डा. यादवले भने, ‘राष्ट्रपति, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई प्राप्त संविधानसम्मत अधिकार र परिधि उल्लङ्घन गर्न हुन्न । विषयविज्ञ भन्दा बाहिरका व्यक्तिसँग हुने छलफल र परामर्शले शङ्का पैदा हुन्छ । त्यसैले सबैले संविधानले दिएको अधिकार प्रयोग गरेर यसैको परिधिभित्र रहेर काम गरौँ, समस्या समाधानको यो नै उत्तम उपाय हो ।’

अघिल्ला संविधानमा जस्तो राष्ट्रपतिलाई न्यायालयबाट सल्लाह र सुझाव लिने तथा प्रोत्साहन र सचेत गराउने व्यवस्था नरहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले विधायिका, कार्यपालिका, व्यवस्थापिका र राष्ट्राध्यक्ष संस्थाले संविधानले दिएको अधिकार एवम् परिधिभित्र रही संविधानलाई सहज कार्यान्वयन गर्न योगदान पु¥याउनुपर्ने उनले बताए ।

पूर्वराष्ट्रपति डा. यादवले भने , ‘राष्ट्रपतिको मर्यादा र सीमा संविधानले तोकिदिएको छ । संसारको परम्परा पनि हेर्नुपर्छ । राष्ट्रपतिले विधेयक स्वीकार गरी प्रमाणीकरण गर्नुहुन्छ भन्ने मलाई विश्वास छ । हामीले सबैलाई समेटेर लैजानुपर्छ ।’

Related posts

बम बिस्फोट हुदा दुइ बालिकाको मृत्यु ,तीन घाइते

चुनावका लागि भारतले नेपाललाइ दियो २०० वटा गाडी

पिपरडारीमा छैन चुनावको उत्साह, गाँउले भन्छन् : नेता भनेका साच्चै स्वार्थी हुन्छन्

Leave a Comment