Shere Parsa
राष्ट्रिय हेडलाइन

चुनावका लागि भारतले नेपाललाइ दियो २०० वटा गाडी

मधेसखबर
वीरगन्ज,१५ कार्तिक : निर्वाचनमा प्रयोग गर्ने गरी भारतले नेपाललाई २०० वटा सवारी साधन दिएको छ ।ती सवारी साधन मंगलबार भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरेका छन् ।

भारतले दिएको २०० सवारी साधनमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् । अर्थमन्त्री शर्माले यी सवारीसाधन सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद दिए ।

भारतीय दूतावासका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २००० वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४०० वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४ सय भन्दा बढी सवारीसाधन उपहार दिएको छ । साभार : अनलाइनखबर

Related posts

नेपाललाई प्लाष्टिक प्रदूषणमूक्त बनाउन प्रतिबद्ध छु : वनमन्त्री यादव

वीरगञ्जको वीर्तामा निःशुल्क घुम्ती शिविर सम्पन्न

जलवायु परिवर्तनको असर कम गर्न नेपालले युद्धस्तरमा काम गरिरहेको छ : वनमन्त्री यादव

Leave a Comment