मधेसखबर
वीरगन्ज, २७भदाैं : बारामा प्रहरीले अवैध रुपमा सन्चालित घरेलु मदिरा उत्पादन गर्ने रक्सी भट्टी नष्ट गर्ने अभियानलाई अझ तिब्र पारेकाे छ ।
बारामा प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक हाेविन्द्र बाेगटी आए देखि प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा सन्चालित रक्सी भट्टीकाे खाेजी गर्दै नष्ट गर्ने अभियानलाइ तिब्रता दिएकाे हाे ।
यसै क्रममा साेमबार पनि प्रहरीले ५ वटा रक्सी भट्टी ताेडफाेड गरि ४० हजार लिटर कच्चा पदार्थ नष्ट गरेकाे छ ।जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएकाे प्रहरी टाेलीले महागढीमाई नगरपालिका वडा नंवर ३ र १० मा पर्ने गंजभवानीपुर गाँउका विभिन्न व्यक्तिहरूको घरमा संचालित ५ वटा रक्सी भट्टीहरू ताेडफाेड गरेर नष्ट गरेकाे हाे ।
त्यस क्रममा अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिने ४० हजार लीटर कच्चा पदार्थ नष्ट गर्नुका साथै रक्सी उत्पादन गर्न प्रयोग गरिने मेसिन, भडाकुडा नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाइएको प्रहरी उपरीक्षक बाेगटीले जानकारी दिए । उनले याे अभियानलाई अगामी दिनमा पनि निरन्तरता दिइने बताए ।यसअघि आइतबार पनि बारामा प्रहरीले ५ वटा रक्सी भट्टी ताेडफाेड गर्दै १० हजार लिटर कच्चापदार्थ नष्ट गरेकाे थियाे ।