Shere Parsa
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज ड्राइपोर्टमा दाल भनेर प्रतिबन्धित चुरोट आयात गर्ने फर्मलाई पौने ११ करोड जरीवाना

फाइल फोटो

 

मधेसखबर
वीरगन्ज , १७ साउन : दाल भनेर प्रतिबन्धित विदेशी महँगा चुरोट आयात गर्ने एक फर्मलाई वीरगन्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालयले झण्डै पौने ११ करोड रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

काठमाडौंको टोखामा रहेको कालिका इन्टरप्राइजेज नामक व्यापारिक फर्मलाई गलत भन्सार घोषणा गरेर राजश्व छली गरेको आरोपमा ड्राइपोर्ट भन्सारले १० करोड ७२ लाख रुपैयाँ जरिवाना गरेको हो ।जरिवाना तिर्नका लागि सम्पर्कमा नआएपछि र्फमका सञ्चालक नवराज गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको ड्राइपोर्ट भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष न्यौपानेले जानकारी दिए ।

‘दुबईबाट मुङको दाल बोकेर वीरगन्जको ड्राइपोर्ट भन्सार आइपुगेको कन्टेनरमा ५८ लाख ३८ हजार खिली विदेशी चुरोट बरामद भयो,’ न्यौपानेले भने, ‘भन्सार प्रज्ञापनपत्रमा मुङको दाल घोषणा भए पनि कन्टेनरको अगाडिपट्टि मुङको दाल र पछाडि ४ सय कार्टुनमा चुरोट भेटिएको थियो ।’

आयातकर्ताले २६ हजार ६१० केजी मुङको दाल आयात गरेको भनेपनि पछि हेर्दा कन्टेनरमा १४ हजार ८२५ किलो मात्रै दाल भेटिएको ड्राइपोर्ट भन्सारले जनाएको छ । आयातकर्ताले नेपालका ठूला होटल र रेष्टुराँमा बिक्रीका लागि मोन्ट भेरियन्स नामक उक्त चुरोट ल्याएको बुझिएको भन्सारको भनाइ छ ।

Related posts

पर्सा १ मा प्रदीप यादव प्रतिको आकर्षण बढ्दै, पूर्व वडाध्यक्ष ग्यासुदीन मियाँ जसपा प्रवेश

नेपालमा कोरोना महामारी: अबको एक महिना झन कठिन

अब बन्ने काँग्रेस नेतृत्व सरकारको पहिलो काम नागरिकता समस्याको सामधान : अजय चौरसिया

Leave a Comment