Shere Parsa
शिक्षा

हर्दियाकाे विधालयमा यादवकाे अध्यक्षतामा व्यवस्थापन समिति गठन

प्रमाेद यादव
वीरगन्ज ,२७ भदाैं : पर्साकाे पर्सागढी नगरपालिका वडा नंबर ५ हर्दिया स्थित नेपाल राष्ट्रिय आधारभुत विधालयमा विधालय व्यवस्थापन समिति गठन गरिएकाे छ ।

साेमबार सम्पन्न अभिभावक भेलाले हरकितलाल यादवकाे अध्यक्षतामा ९ सदस्यीय विधालय व्यवस्थापन समिती सर्बसमितीले चयन गरेको हाे ।

समितिकाे सदस्यमा शेख जाहिर , दुर्गा देवी, सुमित्रा देवी, शिवमती देवी अहिरिन् , रुदल राउत , वडा प्रतिनिधि किरण देवी पडित , शिक्षक प्रतिनिधिमा सोभावती देवी पडित तथा सदस्य सचिवमा विधालयका प्रधानाध्यापक रामबालक प्रसाद यादव रहेका छन् ।

पर्सागढी नगरपालिका कार्यालयका शिक्षा शाखा प्रमुख प्रदिप कुमार चौरसियाको अध्यक्षता र वडा अध्यक्ष नितेस कुमार मिश्राको प्रमुख अतिथ्यतामम सम्पन्न अभिभावक भेलामा शिक्षक महासघ पर्सागढीका संयोजक रामबहादुर चौधरी , योगेन्द्र प्रसाद चौधरी लगायतको पनि सहभागिता थियाे ।

Related posts

दलित प्राथमिक विधालयको विद्यालय व्यवस्थापन समिति गठन

बाल दिवसको अवसरमा पोखरीयामा आयोजित वक्तृत्वकला प्रतियोगितामा आरफा खातुन प्रथम

महुवनको विधालयलाइ जसपा युवा नेता साहद्धारा २५ हजार रुपैया सहयोग

Leave a Comment