Shere Parsa
स्थानिय

जसपाका युवा नेता साहद्वारा महुवन प्रहरी चाैकीलाई उपकरण सहयाेग

मधेसखबर
वीरगन्ज ,२७ भदाैं : जनता समाजवादी पार्टी (जसपा ) का युवा नेता शिव कुमार साहले पर्साकाे महुवन स्थित प्रहरी चौकीलाई फायर सिलिन्डर र पानी तान्ने विधुतीय मोटर सहयाेग स्वरुप प्रदान गरेका छन् ।

जसपनका मधेस प्रदेश परिषद सदस्य साहले साेमबार प्रहरी चौकी महुवनमै पुगेर फायर सिलिन्डर र पानी तान्ने बिधुतीय मोटर हस्तान्तरण गरेका हुन् ।

गाँउघरमा खाना पकाउने ग्याँस सिलिन्डर लिक भएर आगाे लाग्दा आगाे निभाउन प्रहरीलाइ सहज हाेस् भनेर सहयोग गरिएको नेता साहले बताए ।

कार्यक्रममा प्रहरी चौकी महुवनका इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्णनन्दान ठाकुर, वडा अध्यक्ष मुन्ना राउत कमकर, जसपाका क्षेत्रीय नं.३ अध्यक्ष नागेन्द्र यादव, नेता सिकेन्द्र सहनी, पुर्व वडा अध्यक्ष रुपलाल यादव, रामबाबु साह तेली लगायतकाे सहभागिता थियो ।

Related posts

पर्सामा चुनावका लागि खटिएका कर्मचारीहरु मतदान केन्द्र तर्फ प्रस्थान

वीरगन्जबाट सालको गोलीया काठ सहित महत्तो पक्राउ

बढ्निहारमा बाराकी महिलाको शव फेला

Leave a Comment