Shere Parsa
मधेस प्रदेश हेडलाइन

जनकपुर पुगेर ओलीले भने : नागरिकता विधेयक ‘काम’ नलाग्ने छ, फिर्ता हुन्छ

मधेसखबर
वीरगन्ज,२७ भदौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको नागरिकता विधेयक ‘काम’ नलाग्ने रहेको बताएका छन् ।

 

एमाले धनुषाले सोमबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष नागरिकता विधेयकमा धेरै प्रावधान गलत रहेको उल्लेख गर्दै त्यसलाई सच्याउन आग्रह गरे ।जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिइने प्रावधान समेटे एक/दुई दिनमै उक्त विधेयक पारित हुन सक्ने पनि ओलीको भनाइ छ ।

ओलीले भने ,‘ ‘नागरिकता विधेयकबारे देशको ठूला पार्टी(एमाले)सँग सरसल्लाह नगर्ने ,संसद्मा छलफल गर्न नदिने,राष्ट्रपतिको कुरा नमान्ने ,विचार गरौँ भन्दा छलफलै नगरी बहुमतको बलमा राष्ट्रपतिको प्रस्ताव अस्वीकार गर्न मिल्छ ? बाहिरका अनाडीको कुरा सुनेर विधेयक ल्याइयो छ ।

 

एमालेले नागरिकता दिएन र विधेयक रोकेर राखेको भनेर मधेसमा भ्रम छरिएको आरोप लगाउँदै ओलीले नागरिकता समस्या समाधानका लागि आफू र एमाले पार्टी नै बढी लडेको दाबी गरे ।उनले नागरिकता समस्यालाई लिएर गठबन्धन दलले झुटको खेती गरिरहेको आरोप लगाए ।

सरकार फास्ट ट्रयाकबाट ल्याएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि सुझावसहित संसद्मा फर्काइदिएकी थिइन् । तर संसद्को दुवै सदनको बहुमतले विधेयक जस्ताको त्यस्तै पारित गरेर प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिकहाँ पठाएको छ । भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको थियो ।

 

 

Related posts

विकास र समृद्धिका लागि काँग्रेसलाई भोट दिन काँग्रेस उम्मेदवार चौरसियाको आग्रह

रौतहटमा चट्याङ लागेर तीन महिलाको मृत्यु

वीरगन्जका किसानलाइ प्रयाप्त मल उपलब्ध गराइ दिन मेयर सिंहद्धारा आग्रह

Leave a Comment