Shere Parsa
स्थानिय

वीरगन्जबाट सालको गोलीया काठ सहित महत्तो पक्राउ

प्रमोद यादव
पर्सा,२३ भदौं : वीरगन्जको ग्रामीण भेगबाट वनगस्ती टोलीले ठूलो परिमााणमा रहेको सालको गोलीया काठ सहित एक जनालाइ पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ बाट वनगस्ती टोलीले दुइ थान सालको गोलीया काठ सहित वीरगन्ज ३१ कै ५० बर्षिय रामानन्द महत्तोलाइ पक्राउ गरेको हो ।

सव डिभिजन वन कार्यालय सबैया अन्तर्गत पर्ने राष्ट्रिय वनबाट अबैधरुपमा सालको काठ ,साइकलमा लोड गरेर ल्याउदै गरेको अवस्थामा महत्तोलाइ वनगस्ती टोलीले बिहीबार बिहान वीरगन्ज ३१ बाट पक्राउ गरेको हो । काठ र साइकल सहित पक्राउ परेका महत्तोलाइ करबाहीको लागि डिभिजन वन कार्यालय पर्सामा बुझाईएको सुबेदार प्रदिप कुमार तिमल्सिनाले जानकारी दिए ।

Related posts

पर्सा ४ : काँग्रेसका रिजालको अग्रता फराकिलो बन्दै

वीरगन्जमा आयोजित तेली कल्याण समाजको महाधिवेशनमा विशाल जनसहभागीता

छिपहरमाई गाँउपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई आयाेगकाे स्पष्टीकरण

Leave a Comment