Shere Parsa
राष्ट्रिय

चीनीया नेता लि भोलि नेपाल आउदै , गोप्य भेटघाट वा अवाञ्छित गतिविधि नगर्न चेतावनी

मधेसखबर
वीरगन्ज,२६ भदौं : राष्ट्रिय एकता अभियानले चीनीया नेताको आसन्न नेपाल भ्रमण प्रति आशंका जनाएको छ । चीनको नेशनल पिपुल्स कंग्रेसको स्थायी समिति अध्यक्ष ली झान्सुको आसन्न नेपाल भ्रमण बारे आशंका ब्यक्त गर्दै अभियानलले भ्रमणका क्रममा गोप्य भेटघाट वा अवाञ्छित गतिविधि नगर्न चेतावनी पनि दिएको छ ।

 

राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता अबान्छित गतिविधि भए वा गरेको देखिएमा राष्ट्रिय एकता अभियानले सशक्त विरोध जनाउने चेतावनी दिएका छन् ।

यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ , ‘ २०७४ सालको आम निर्वाचनमा बाम गठबन्धन निर्माणमा दबाब मुलुक भुमिका निर्वाह गरेको आरोप लागेको चिनियाँ बिस्तारवादी शक्तिको आसन्न निर्वाचनको मुखमै जम्बो टोलीसहितको भ्रमण आफैमा संशयपुर्ण हो’ ‘तर्सथ, उहाँहरूको नेपालमा आगमनदेखि प्रस्थानसम्मको सम्पुर्ण विवरण आम नेपाली जनतामा पारदर्शी रूपमा पुग्नुपर्छ भन्ने हाम्रो धारणा रहेको छ। त्यस्तै, उहाँहरूको सबै भेटघाट पुर्ण रूपले सरकारी अधिकारी र नागरिक समाजको प्रतिनिधि राखेर मात्र गर्न÷गराउन हुन आवश्यक रहेको पनि हाम्रो ठहर हो।’

 

लि नेपालको पाहुना भएर आउनु सुखद समाचार भएपनि समय र सन्दर्भ नमिल्दा अति बिशिष्ट पाहुनालाई पनि स्वागत गर्न नसकिने अवस्था बन्ने गरेको भन्दै अभियानले उनको भ्रमणको उदेश्य माथि नै प्रश्न उठाएको छ।भ्रमणका क्रममा अघोषित चीनियाँ नाकाबन्दी र नेपाली भूमी अतिक्रमण सम्बन्धमा समेत ठोस समाधान खोज्न सम्बन्धित पक्षहरूसंग अभियानले माग गरेको छ।

 

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली ६ जना वरिष्ठ मन्त्रीसहित करिब ९६ जनाको टोली लिएर सोमबार नेपाल भ्रमणमा आउन लागेका हुन् । लीलाई चीनमा राष्ट्रपति सि चिनफिङपछिको दोस्रो वरियताको नेता मानिन्छ

Related posts

पर्सा ३ को गणनामा २७२ मतपत्र नभेटिएको खुलाशा : के अब नतीजा उल्टिन्छ त ?

बाराको त्रिवेणी स्पिनिङमा प्रहरी र मजदुर बिच झडप , ३१ राउण्ड अश्रु ग्याँस प्रहार , १३ प्रहरी घाइते

लाल माेहम्मद हत्या प्रकरण : रक्साैलका बब्लु मुख्य याेजनाकार

Leave a Comment