Shere Parsa
समाज

लखनपुरमा जसपाका युवा नेता साहद्वारा सामुदायिक भवनको शिलान्यास

मधेसखबर
वीरगन्ज,२४ भदौं : पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ६ लखनपुरमा सामुदायिक भवनको शुक्रबार शिलान्याश गरिएको छ ।जनता समाजवादी पार्टी (जसपा)का मधेस प्रदेश परिषद सदस्य शीव कुमार साहले उक्त सामुदायिक भवनको शिलान्याश गरेका हुन् ।

लखनपुरमा मधेस प्रदेश सरकारले उपलब्ध गराएको २५ लाख रुपैयाको लागतमा सामुदायिक भवन निर्माण गर्न लागिएको हो । उक्त भवन काम शुरु गरिएको ३ महिना भित्रै निर्माण पुरा गरिसक्नु पर्ने सम्झौता रहेको भवन निर्माण उपभोक्ता समितिले जनाएको छ ।

गाँउघरमा हुने विहेबारी हुदा जन्तीलाइ विधालयमा राख्ने प्रवृति रहेकाले त्यसलाइ अन्त्य गर्न र अन्य सामाजिक कृयाकलापहरु ऋायोजनामा सहजता होस् भनेर खलनपुरमा सामुदायिक भवन निर्माण गर्न लागिएको जसपा युवा नेता साहले बताए ।

शिलान्यास कार्यक्रममा वडा अध्यक्ष मुना राउत कमकर, जसपाका क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव, नेताहरु सिकेन्द्र सहनी, प्रमोद उपाध्याय, रामबाबु साह तेलि लगायतको पनि सहभागिता थियो ।

Related posts

सर्लाहीमा सहकारी कर्मचारी माथि गोली प्रहार

बारामा सौतेनी आमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ

नेत्रहिन क्रिकेट संघको कार्यक्रममा ६ महिला सहित १८ जनाद्धारा रगत दान

Leave a Comment