Shere Parsa
समाज

नेत्रहिन क्रिकेट संघको कार्यक्रममा ६ महिला सहित १८ जनाद्धारा रगत दान

मधेसखबर
वीरगन्ज, १२ भदौं : वीरगन्जमा आइतबार समृद्ध समाजका लागि युवा सशक्तिकरण (आइज् ) नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

वीरगन्ज पब्लिक कलेजको सभाकक्षमा आयोजित रक्तदान कार्यक्रममा ६ जना महिला सहित १८ जनाले रगतदान गरेका छन् । रगतदान गर्नेहरुमा ध्रुब तारा , सुनिता न्यौपाने , कन्चन देवकोटा , आँशु यादव , सुरज पौडेल , विनोद अधिकारी , अरुण डंगोल लगायतका रहेको रक्तसन्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

संस्थाका अध्यक्ष महेश साहको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा मधेधस विश्व विधालयका उपकुलपति डाक्टर दिपक शाक्यको पनिन उपस्थिती रहेको थियो । त्यसै अवसरमा मधेस प्रदेश नेत्रहिन क्रिकेट संघको प्रथम भेला तथा अन्तरकृया कार्यक्रम पनि आयोजना गरिएको थियो ।

 

Related posts

वीरगन्जमा घरको छतबाट खसेर बालिकाको मृत्यु

बाराको निर्वाचन कार्यालयमा ताल्चा मार्ने वडा अध्यक्ष गुप्ता पक्राउ

बारामा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु

Leave a Comment