Shere Parsa
राष्ट्रिय

वायु प्रदूषण घटाउन साझा पहल आवश्यक छ : वनमन्त्री यादव

मधेसखबर
वीरगन्ज,२२ भदौं : वन तथा वातावरण मन्त्री प्रदीप यादवले वायू प्रदूषण कुनै एक देशको मात्रै समस्या नभई यसको फैलावट तथा प्रभाव क्षेत्र सीमापार प्रकृतिको हुने भएकोले यसको प्रभाव न्यूनीकरण गर्न साझा पहल आवश्यक रहेको बताएका छन् ।

काठमाण्डौमा बुधबार वातावरण विभाग र इसिमोडको संयुक्त आयोजनामा “निलो आकाशका लागि स्वच्छ हावाको अन्तर्राष्ट्रिय दिवस” का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले वायू प्रदूषण न्यूनीकरण गर्न सबै क्षेत्र र तह तप्काबाट आवश्यक पहल गर्न जरुरी रहेको बताए । उननले भने,“वायू प्रदूषण कुनै एक देशको मात्रै समस्या होइन, यो साझा समस्या भएकाले न्यूनीकरणका लागि सबैको पहल आवश्यक छ ।”

वायू प्रदूषणका नकारात्मक प्रभावले देशको पर्यावरणीय सन्तुलनमा मात्र भनई मानव स्वास्थ्य, कृषि उत्पादन तथा आर्थिक बृद्धिमा समेत असर पर्न गई समग्र विकास क्रम नै विथोलिन थालेको प्रति मन्त्री यादवले चिन्ता व्यक्त गरे ।

उनले विकास र वातावरण एक आपसका प्रतिद्धन्द्धी नभई परिपूरक हुन् भन्ने दिगो विकासको अवधारणा बमोजिम नै नेपाल सरकारले सञ्चालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई अनिवार्य रुपमा सम्बोधन गर्नु पर्ने व्यवस्था वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले गरेको विदितै रहेको समेत बताए ।

वायू प्रदूषण न्यूनीकरणका लागि सरकारले बिभिन्न कामहरु गर्नका लागि निती नियम बनाएको भएपनि कार्यान्वयन पक्ष फितलो भएका कारण समस्या भएको समेत मन्त्री यादवले बताए ।
पूर्व तयारी नहुँदा पछिल्लो समय जङ्गलमा आगलागि हुँने तथा वायू प्रदूषण बढ्दै गइरहेकाले हामीले आगलागि जस्ता घटना हुन नदिनका लागि पूर्व तयारी अपनाउन आवश्यक रहेको समेत मन्त्री यादवले बताए ।

वायू गुणस्तर व्यवस्थापन गर्ने शिलशिलामा तथ्याङ्क सङ्कलनको कार्य महत्वपूर्ण हुन आउने हुँदा वातावरण विभागले सन् २०१६ देखि क्रमिक रुपमा देशका बिभिन्न स्थानमा वायू गुणस्तर मापन केन्द्रहरु सञ्चालन गर्दै आइरहेको र यस कार्यमा विभागलाई इसिमोड र एशियाली विकास बैङ्कको समेत सहयोग प्राप्त भइरहेको समेत उक्त कार्यक्रममा मन्त्री यादवले जानकारी गराए ।

 

Related posts

नागरिकता विधेयक प्रमाणिकरण नगरे राष्ट्रपतिको राजिनामा : प्रचण्ड

चीनीया नेता लि भोलि नेपाल आउदै , गोप्य भेटघाट वा अवाञ्छित गतिविधि नगर्न चेतावनी

नेपाल एयरलाइन्सको जहाजबाट मुम्बई जान लागेका शंकास्पद व्यक्ति सुन व्यवसायी

Leave a Comment