मधेसखबर
वीरगन्ज,१८ साउन : काठमाण्डौबाट भारतको मुम्बई जान लागेको मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेको व्यक्ति सुन व्यवसायमा संलग्न रहेको खुलेको छ ।
सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघमा समेत आबद्ध रहेका सन्तोष लामिछाने र उनी सहित पक्राउ परेकी मीना लामिछानेलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सुनचाँदी र उनीहरुले गर्ने अन्य कारोबारमाथि समेत शंका लागेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको हो । कैलालीका लामिछाने माथि यसअघि पनि उजुरी परेको प्रहरी स्रोतले जनाएको छ । उनी माथि ठगीको कसुरमा जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको थियो ।
अहिले सुनचाँदी व्यवसायीहरुको टोलीसँग उनी मुम्बई घुम्न जान लागेका थिए । त्यही बेला कैलाली प्रहरीले प्रधान कार्यालयमा जानकारी गराएको थियो ।जहाज उड्न लागेको बेलामा प्रहरीको विशेष ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो । ढोका बन्द भएर उड्न लागेका बेला सबै यात्रु उतारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
काठमाडौंबाट बुधबार १ः१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी आरए ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भएको थियो ।