Shere Parsa
राजनीति हेडलाइन

पर्सामा माओवादीले आकांक्षी उम्मेदवारको नाम टुङगो लगायो

माधुरी महत्तो
वीरगन्ज,२२ भदौं : आगामी संघ र प्रदेशसभा निर्वाचनका लागि पर्सामा नेकपा माओवादी केन्द्रले आकांक्षी उम्मेदवारहरुको टुङगो लगाएको छ ।

बुधबार वीरगन्जमा बसेको नेकपा माओवादी केन्द्र पर्साको जिल्ला समन्वय समितिको बैठकले संघ र प्रदेशसभा सदस्यमा प्रत्यक्ष तर्फ चुनाव लड्न चाहने आकांक्षी उम्मेदवाहरुको नाम टुङगो लगाउदै माओवादी मधेस प्रदेश समितिमा सिफारिस गरेको छ ।

माओवादीले पर्साको क्षेत्र नम्बर १ को संघीय सांसदमा प्रत्यक्ष तर्फ जफर अन्सारी , क्षेत्र नम्बर २ मा बालकृष्ण श्रेष्ठ , क्षेत्र नम्बर ३ मा डाक्टर सुभाष यादव र क्षेत्र नम्बर ४ मा टेक बहादुर शाक्य र इमदाद गद्धीको नाम सिफारिस गरेको छ ।

यस्तै प्रदेशसभा तर्फ पर्सा क्षेत्र नम्बर १ को (क) मा प्रत्यक्ष तर्फ रहबर अन्सारी , प्रभु यादव र पस्मिना कादरी तथा क्षेत्र नम्बर १ कै (ख) मा सुरेन्द्र गुप्ताको एकल नाम माओवादी केन्द्रले सिफारिस गरेको छ ।

क्षेत्र नम्बर २ को (क) मा अमिताभ बच्चन दास र २ कै (ख) मा प्रभाकर गुप्ताको नाम माओवादी केन्नद्रबाट सिफारिस भएको छ । यसैगरि क्षेत्र ३ को (क) मा बालेश्वर प्रसाद थारु र ३ कै (ख) मा छोटेलाल यादवको नाम माओवादी केन्द्रले सिफारिस गरेको छ ।

यसैगरि माओवादी केन्द्रले पर्साको क्षेत्र नम्बर ४ को (क) मा विजय महत्तो र वीरेन्द्र प्रसाद यादव तथा ४ कै (ख) मा शेख चाँद तारा , सन्तोष पटेल र मुरली मनोहर तिवारीको नाम प्रत्यक्ष तर्फ सिफारिस गरेको छ ।

माओवादी केन्द्र पर्साका जिल्ला संयोजक रामदरश कुशवाहाको अध्यक्षता र जिल्ला इन्चार्ज विजय महत्तोको विशेष उपस्थितीमा बसेको बैठकले उम्मेदवारहरुको नाम प्रदेश समितिमा सिफारिस गरेको माओवादी केन्द्रका युवा नेता प्रभाकर गुप्ताले जानकारी दिए ।

Related posts

माेटरसाइकल दुर्घटनामा पर्साका २ जनाकाे मृत्यु

हिंसा भड्किए पछि महोत्तरीको भंगहामा अनिश्चितकालीन कर्फ्यू

मुख्यमन्त्री राउत , पर्सा १ को ख बाट सिफारिस

Leave a Comment