Shere Parsa
राष्ट्रिय हेडलाइन

जलवायु परिवर्तनको असर कम गर्न नेपालले युद्धस्तरमा काम गरिरहेको छ : वनमन्त्री यादव

मधेसखबर
वीरगन्ज, २१ भदौं : संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले जलवायू परिवर्तनको असरलाई न्युनिकरण गर्न वातावरण मन्त्रालयले युद्धस्तरमा काम गरिरहेको बताएका छन् ।

काठमाडौँमा मङ्गलबार आयोजित क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्कको प्रथम भेलालाइ सम्बोधन गर्दै मन्त्री यादवले आफू मन्त्री नियूक्त भए लगत्तै जलवायू परिवर्तन र ग्रिन हाउस ग्याँस उत्सर्जनको प्रभावलाई न्युनिकरण गर्न विभिन्न निर्णय गर्दै कार्यक्रम सन्चालन गरेर युद्धस्तरमा काम अगाडि बढाएको दाबी गरे ।

उनले पछिल्लो समय नेपाल जस्तै पर्वतीय मूलकहरुमा देखिएको जलवायू परिवर्तनको असरलाई ध्यानमा राख्दै नेपालमा संकटकाल घोषणा गर्ने बारे आफूले गृहकार्य समेत सुरु गरिसकेको जानकारी गराए । मन्त्री यादवले भनने ,“नेपाल जलवायू परिवर्तन सम्बन्धी संयूक्त राष्ट्र संघीय प्रारूप महासन्धि, क्योटो अभिसन्धि र पेरिस सम्झौताको पक्ष राष्ट्र हो , नेपालले जलवायू परिवर्तन व्यवस्थापनलाई मूख्य प्राथमिकतामा राखेको छ ।

उनले थपे ,“जलवायू परिवर्तन सम्बन्धी नीति, रणनीत, कानून, नियम, योजना बनेका छन् , राष्ट्रिय जलवायू परिवर्तन नीति २०७६ तर्जुमा भइ कार्यन्वयनमा रहेको छ ।”

मन्त्री यादवले नेपालले सन् २०४५ मा हरित गृह ग्याँसको कूल उत्सर्जन शून्य बनाउने लक्ष्य लिएको जानकारी गराउँदै त्यसका निमित्त आवश्यक काम पनि अगाडि बढेको जानकारी गराए । मन्त्री यादवले नेपालका महत्वकांक्षी प्रतिवद्धता र कार्यक्रम कार्यान्वयन गर्न राष्ट्रलाई राष्ट्रिय र अन्र्तराष्ट्रिय सहयोगको आवश्यकता औंल्याए ।

मन्त्री यादवले नेपाल जस्तो पर्वतीय र अति कम विकसित राष्ट्रहरु जलवायू परिवर्तनको प्रतिकूल प्रभावबाट उच्च जोखिममा रहेको बताउदै यसको समाधानका लागि पर्वतीय राष्ट्रहरु मिलेर काम गर्नु पर्ने आवश्यकता रहेको पनि बताए ।

दुई दिनसम्म चल्ने उक्त भेलामा नेपाल, भारत, श्रीलङ्का, वङ्गलादेश र भुटानबाट गरि एक सय भन्दाबढी वातावरणविद्, जलवायू परिवर्तन सम्बन्धमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधि र युवाहरुको सहभागिता छ ।

Related posts

नेपाललाई प्लाष्टिक प्रदूषणमूक्त बनाउन प्रतिबद्ध छु : वनमन्त्री यादव

देशभरी नै सत्ता गठबन्धनको लहर छ , फेरि पनि सरकार गठबन्धनकै बन्छ : श्रेष्ठ र सोनल

दसैंकाे किनमेलका लागि वीरगन्जमा सस्तो बजार सन्चालन

Leave a Comment