Shere Parsa
स्थानिय हेडलाइन

पर्साको ठोरीमा नमूना मतदान, सिडिओले पनि हाले भोट

मधेसखबर
वीरगन्ज, २१ कार्तिक : मंसिर ४ मा हुने निर्वाचनलाई लक्षित गर्दै पर्साको ठोरी गाउँपालिकामा नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय पर्साको आयोजना तथा ठोरी गाँउपालिकाको सहयोगमा सोमबार नमूना मतदान कार्यक्रम सम्पन्न भएको हो ।

ठोरी गाउँपालिकाको कार्यालय घ्याङडाँडामा सम्पन्न नमुना मतदान कार्यक्रममा सहभागी मतदाताले प्रदेश र प्रतिनिधीसभाको जस्तै प्रत्यक्ष र समानुपातिक गरि ४ पटक मतदान गरेका थिए । जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा दिने र मत बदर हुने अवस्थाको बारेमा बुझ्न नमुना मतदान गरिएको नमूना मतदानका लागि ठोरी गाँउपालिकाका सम्पर्क व्यक्ति भुपाल कुमार जोशीले जानकारी दिए ।

नमूना मतदानमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल ,ठोरी गाँउपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ , उपाध्यक्ष गोकुली कुमारी रेग्मी , पर्साका मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोखरेल , जिल्ला समन्वय समितिका निवर्तमान उपप्रमुख ठाकुर प्रसाद न्यौपानेका साथै वडाध्यक्ष, विधार्थी र स्थानीयले पनि मतदान गरेका थिए ।

नमुना मतदान गर्ने क्रममा सहभागी मतदाताहरुलाई मतपत्रमा स्वास्तिक छाप लगाउन , मतपत्र पट्याउन , चार वटा मतपत्र मध्ये कुनमा पहिले , कुनमा दोश्रो , कुनमा तेश्रो र अन्त्यमा कुन मतपत्रमा कसरी स्वास्तिक छाप लगाउने बारेमा सिकाइएको सम्पर्क व्यक्ति भुपाल कुमार जोशीले जानकारी दिए।

सुरक्षा व्यवस्था सहित वास्तविक निर्वाचनको झल्को दिने गरी सम्पन्न नमुना मतदानको नेपाली सेना , नेपाल प्रहरी , सशस्त्र प्रहरी लगायत पर्साका सबै सुरक्षा निकायका प्रमुख सहितको टोलीले अनुगमन पनि गरेको थियो ।

Related posts

पर्साको बन्कुल र श्रीपुरबाट ठूलो परिमाणमा सालको काठ बरामद

मन्त्री यादवको पहलमा पर्सा बारा औधोगीक क्षेत्रको विधुत आपूर्तिमा देखिएको समस्या समाधान हुदै

पर्सा सहित पन्ध्र जिल्लामा विशेष सुरक्षा सर्तकता अपनाउन गृह मन्त्रालयको निर्देशन

Leave a Comment