Shere Parsa
राष्ट्रिय

सडक नै नभएको ठाउँमा पाँच करोडको पुल

मधेसखबर

वीरगन्ज, १६ साउन : गोरखा जिल्लाको नगरपालिकामा सडक नै नभएको ठाउँमा  पाँच करोड रुपैयाँको लागतमा पक्की पुल निर्माण गरिएको छ ।

गोरखा नगरपालिका–३ नारेश्वर र सिरानचोक गाउँपालिका–५ जरेबर जोड्ने दरौदी नदीमाथि पाँच करोड रुपैयाँ भन्दा बढी लगानीमा पक्की पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको रकमबाट सो पुल निर्माण भएको हो ।

गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले आफू मन्त्री हँदा सो पुलको लागि बजेट विनियोजन गरेका थिए । तर सडक बिना पुल निर्माणको काम अघि बढाएको भन्दै स्थानीय उनी प्रति रुष्ट छन् । आवश्यक छलफल र समन्वय पनि नगरेको भन्दै उनीहरुले आक्रोश समेत व्यक्त गरेका छन् ।

‘पुल बनिरहेको ठाउँमा मेरो खेत पर्छ, त्यही खेत हुदै सडक लानुपर्छ’, स्थानीय कृष्ण बहादुर कुमालले भने, ‘पुल बनाउने बेला हामीसँग एकपटक पनि छलफल गरेनन्, अब बाटो चाहिँ कसरी लाने रहेछ हेरौला ।’ खेतबाट सडक लैजान क्षतिपूर्ति दिनुपर्ने उनले बताए ।

सडक नै नभएको ठाउँमा निर्माण भएको पुलमा मोटर कसरी आउँछ भन्नेमा स्थानीय आफैं अन्यौलमा छन् । साभार: अनलाइनखबर

Related posts

पर्सागढीमा अव्यवस्थित बसोबासको समस्या सामधान गर्न प्रधानमन्त्री प्रतिबद्ध

वीरगन्जबाट पैदल हिडेर दिल्ली पुगेका मुन्नाले भने : सबै नेपालीलाइ धन्यवाद

एमाले अध्यक्ष ओलीसँग सल्लाह गरेरै नागरिकता विधेयक ल्याइएको हो : गृहमन्त्री खाँण

Leave a Comment