Shere Parsa
समाचार

बारामा अवैध रुपमा सन्चालित ११ वटा रक्सी भट्टी नष्ट

मधेसखबर
वीरगन्ज, २१ भदौ : भारतसंग सीमा जोडिएका बाराको ग्रामीण भेगमा अवैध रुपमा सन्चालित घरेलु मदिरा उत्पादन गर्ने रक्सी भट्टीहरु प्रहरीले नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय बारागढी र सिम्रौनगढबाट खटिएको प्रहरीको संयुक्त टोलीले सिम्रौनगढ नगरपालिका वडा नंबर १ अमृतगंज खजानी, पचरौता नगरपालिका वडा नंबर १ पसवान टोल र बारागढी गाउँपालिका वडा नंबर २ दौर्वा टोलमा सन्चालित ११ वटा रक्सी भट्टटी नष्ट गरेको हो ।

त्यसक्रममा प्रहरीले ६ हजार लिटर तयारी मदिरा , २० हजार लिटर कच्चा पदार्थ र ठुलो परिमाणमा रक्सी उत्पादन गर्न प्रयोग गरिने मेसिन, भडाकुडा, ड्रमहरू नियन्त्रणमा पनि लिइएको प्रहरीले जनाएको छ ।

Related posts

तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

 पोखरीमा डुबेर सप्तरीमा एक बालक सहित दुई जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ९१२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

Leave a Comment