Shere Parsa
समाचार स्वास्थ्य

पछिल्लो २४ घण्टामा ९१२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

मधेसखबर
वीरगञ्ज , साउन २० । शुक्रबार थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाईरस संक्रमणका कारण १ जनाको मृत्‍यु भएको छ ।

६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्‍ये २ हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जना र ३ हजार ५५० जनाको एन्टिजेन परीक्षण गर्दा ३८३ जनामा संक्रमण देखिएको हो ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ भने पछिल्लो २४ घण्टामा ३७० जना संक्रमणमुक्त भएका छन् ।

५ हजार ५८७ जना होम आइसोलेसनमा रहेका छन् भने १७३ जना संस्थागत आइसोलेसन र ४२ जना आईसीयूमा रहेका मन्त्रालयले जनाएको हो ।

यस्तै मन्त्रालयका अनुसार २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको छ ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना भाईरस संक्रमितको कुल संख्या ११ लाख ३३ हजार ५२५ पुगेको छ ।

Related posts

एमाले–जसपा तालमेलमा अलमल छैन, डा. मधुलाई जिताउन आग्रह गर्दछु : राजकुमार गुप्ता

आईतबार थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

मजदुर रिहाईको माग गर्दै बाराको सिडिओ कार्यालय अगाडि प्रदर्शन

Leave a Comment