मधेसखबर
वीरगञ्ज , भाद्र ११ गते । वीरगञ्जमा तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टि नेपाल (जसपा) नेतृ पिंकी यादव र अन्नपुर्णा मानन्धरको अध्यक्षतामा वीरगञ्जको होटल पुजनमा हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शनिवार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अथिती नेपाल सरकारको बन तथा वातावरण मन्त्रि प्रदिप यादवले महिलाहरुको महत्वपुर्ण तथा विशेष पर्व हरितालिका तीजको शुभकामना दिँदै उनले हरितालिका तीज जस्ता चाडपर्वको गरिमालाई सम्मानजनक बनाइराख्नु आजको आवश्यकता भएकोले यसको गरीमा जोगाउनुपर्नेमा जोड दिए ।
मन्त्रि यादवले यस्ता पर्वले एकताको सूत्रमा ल्याउँदै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न र एकापसमा खुसी साटासाट तथा मनोरञ्जन गर्ने अवसर समेत प्रदान गर्दै आएको भन्दै सम्पुर्ण महिलाहरुलाई तीजको शुभकामना समेत दिएका थिए ।
त्यस्तै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिँहले तीज पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर भगवान शिव–पार्वतीको पूजा आराधना गर्ने भएकोले तीजले नेपाली समाजमा विद्यमान लैगिंक, वर्गीय विभेद र सबै किसिमका असमानताहरूको अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई सम्मुन्नत समाजको निर्माणमा अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना दिएका थिए ।
महिलाहरुलाई तीज जस्तो महान चाडमा थोरै भएपनि फरक ,सुखद तथा मनोरञ्जनात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले आजको तीज कार्यक्रमको आयोजना गरीएको भन्दै अध्यक्षद्व यादव र मानन्धरले यस्ता कार्यक्रमले गृहणी महिला वा कामकाजी महिलाहरुले केही समय भएपनि आफ्ना काम , तनाव , थकान विर्सेर मनोरञ्जन गरुन् भन्ने अभिप्रायले कार्यक्रमको आयोजना गरीएको बताए ।
साथै कार्यक्रममा सहभागी महिलाहरुमा भएका विभिन्न प्रतीभालाई उजागर गर्ने र हौसला बढाउने उद्देश्यले विभिन्न प्रतियोगितात्मक कृयाकलाप समेत गराई विजेता हुने गृहणी महिलाहरुलाई पुरस्कार समेत वितरण गरीएको थियो ।
कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी , जसपाकी केन्द्रिय सदस्य रेखा साह , कनिका कौशिक लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन प्रेरणा श्रेष्ठले गरेकी थिईन् ।