Shere Parsa
राजनीति हेडलाइन

बाराको १ र ४ मा काँग्रेसको पल्ला भारी

मधेसखबर
वीरगन्ज, २१ भदौ : बारा जिल्लामा रहेका ४ वटै संघीय र प्रादेशीक निर्वाचन क्षेत्रमा राजनीतिक दलले आ आफ्ना उम्मेदवार तय गर्न माथिल्लो निकायमा सिफारिस गरेका छन् ।

बारा क्षेत्र नंबर १ को संघीय सांसदमा नेपाली काँग्रेसले केन्द्रीय सह महामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरीको एकल नाम सिफारिस गरेको छ । यो क्षेत्र नेपाली काँग्रेसको बलियो क्षेत्रका रुपमा पनि हेरिन्छ ।

२०७४ को निर्वाचनलाई हेर्ने हो भने तत्कालिन नेकपा माओवादी केन्दद्र र नेकपा एमालेले गठबन्धन गरी निर्वाचनमा सहभागि हुँदा समेत नेपाली काँग्रेसका उम्मेदवार उमाकान्त चौधरीले जीत निकालेका थिए । चौधरीले २४ हजार ४ सय ५० मत प्राप्त गर्दा नेकपा गठबन्धनका तर्फबाट निकटतम प्रतिद्धन्दी नेकपा एमालेका नेता अच्युत प्रसाद मैनालीले २२ हजार ३० मत प्राप्त गरेका थिए । तेश्रो बनेको तत्कालिन राष्टिय जनता पार्टी नेपालका उम्मेदवार रामकिसोर प्रसाद यादवले २० हजार १ सय ४४ मत प्राप्त गरेका थिए । २०७४ को निर्वाचनमा तत्कालिन राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले तालमेल गरेका थिए ।

आगामी मंसिर ४ को निर्वाचनका लागि काँग्रेसबाट उमाकान्त चौधरीको नाम सिफरिस हुँदा नेकपा एमालेले भने दुई जनाको नाम सिफारिस भएको छ । संविधानसभा सदस्य एवं मन्त्री पुरुषोतम पौडेल र अच्युतप्रसाद मैनालीको नाम एमोले सिफारिस गरेको हो । पौडेल २०७० को संविधान सभा निर्वाचनमा बिजयी भएका थिए भने मैनाली २०७४ को निर्वाचनमा चौधरीसँग २ हजार ४ सय २० मतान्तरले पराजित भएका थिए ।

जनता समाजवादी पार्टी नेपालले भने दुई जनाको नाम सिफारिस गरेको छ । रामबाबु प्रसाद कुश्वाहा र मनिष यादव दुई जनाको नाम जसपाले सिफारिस गरेको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ओमप्रकाश चौधरीको नाम एकल सिफारिस गरेको छ । जसपा र लोसपाले सिफारिस गरेका व्यक्तिहरु नयाँ अनुहार हुन ।

 

बारा ४ मा पनि काँग्रेस नै बलियो

बाराको निर्वाचन क्षेत्र नंबर ४ मा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको अवस्था काँग्रेस र एमालेको तुलनामा निकै कमजोर देखिन्छ ।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको वडागत तथ्यलाई केलाउने हो भने जसपा भन्दा माओवादी केही माथि देखिए पनि जनमत माओवादीको पक्षमा देखिन्न । यस क्षेत्रमा काँग्रेस, एमाले र लोसपा बीच त्रिपक्षय भिडन्त हुने देखिन्छ । जसपाको समेत निकै कमजोर जनमतका कारण बारा ४ मा जसपाले गठबन्धनका अन्य दललाई नै समर्थन गर्न सक्ने आंकलन गर्न सकिन्छ ।

२०७४ कै निर्वाचनलाई हेर्ने हो भने बाम गठबन्धन र तत्कालिन राष्टिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले तालमेल गरी आ आफ्ना उम्मेदवार दिएका थिए । जसमा राजपाका उम्मेदवार एकवाल मियाँ बिजयी भएका थिए । मियाँले २२ हजार २ सय ७५ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्दी बाम गठबन्धनका उम्मेदवार देवनारायण थारुले २० हजार ६ सय ७ मत प्राप्त गरेका थिए । एक्लै चुनावमा गएको काँग्रेसका उम्मेदवार लालवावुसिंह भुमीहार १४ हजार ५ सय १६ मत प्राप्त गरी तेश्रो भएका थिए ।

निर्वाचन क्षेत्र नंबर ४ मा अहिले काँग्रेसले डा. शोभाकर पराजुली, सुनिल कुमार गुप्ता, लालवावु सिंह भुमिहार, कृष्णव्रत सिंह, ईच्छा वाग्ले र राजेशप्रसाद चौरसियाको नाम सिफारिस गरेको छ ।

पराजुली संविधानसभा सदस्य हुन भने भुमिहार २०७४ को निर्वाचनमा तत्कालिन राष्टिय जनता पार्टी नेपालका उम्मेदवार एकवाल मियाँसँग पराजित भएका थिए । डा. पराजुली नेपाली काँग्रेस भित्र बौद्धिक नेताका रुपमा पनि चिनिन्छन् । काँग्रेसका डा. पराजुली पार्टीको पुर्व मुख्य सचिव र संसदीय दलको पुर्व सचेतक एवं संविधान सभा सदस्य समेत हुन् ।

सुनिलकुमार गुप्ता गत स्थानीय निर्वाचनमा प्रसौनी गाउँपालिकामा अध्यक्ष पदका प्रत्यासी उम्मेदवार बनेका थिए । गुप्ता ४ नम्बर निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति पनि हुन । व्यवसायीक पृष्ठभूमिबाट आएका वाग्ले यस क्षेत्रका लागि नयाँ व्यक्ति र कार्यकर्ता एवं मतदाता माझ समेत त्यति धेरै लोकप्रिय देखिन्नन् ।

कृष्णव्रत सिंह पहिलो स्थानीय तहको निर्वाचनमा जीतपुरसिमरा उपमहानगरको प्रमुख पदका प्रत्यासी उम्मेदवार हुन । निकै सादगी जीवन शैलीका कारण पार्टी भित्र राम्रो छवि बनाएका व्यक्ति पनि हुन । पुर्व गाविस अध्यक्ष समेत भईसकेका निकै सालिन व्यक्तित्वको रुपमा हेरिएपनि उनी जनता माझ पुग्न नसक्ने भनेर काँग्रसीजनहरु भित्रै गुनासो सुनिन्छ ।

नेकपा एमालेले भने अहिले पुनः देवनारायण थारु चौधरीको नाम एकल रुपमा पठाएको छ । शिक्षक पृष्ठभूमिबाट आएका थारु समेत एमाले भित्र बौद्धिक र सरल जीवन शैली भएका व्यक्ति हुन । २०७४ को निर्वाचनमा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थारु यस पटक भने सत्ता गठबन्धनका दलहरुका साझा उम्मेदवारसँग एक्लै भिड्नु पर्ने देखिन्छ ।

सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, जसपा, माओवादी, समाजवादी र राष्टिय जनमोर्चाका तर्फबाट जसले टिकट पाएपनि गठबन्धनको जीत सहज देखिन्छ । अघिल्लो संघीय निर्वाचनमा बाम गठबन्धनका तर्फका उम्मेदवारको मत र हालै स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले पाएको मतलाई समेत हेर्ने हो भने निकटतम प्रतिद्धन्दीका रुपमा नेकपा एमालेलाई लिन सकिन्छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट केन्द्रीय अध्यक्ष महन्त ठाकुरको नामसँगै अन्य तीन जनाको नाम सिफारिस गरेको छ । जसमा संघीय सांसद एकवाल मियाँ, सिताराम गुप्ता र शिवजी साह सोनार रहेका छन् ।
केन्द्रीय अध्यक्ष ठाकुर बारा ४ बाट चुनाव लड्ने पक्षमा देखिदैनन् । सद्भावका लागि समेत उनको नाम सिफारिस भएको पार्टीकै कार्यकर्ताहरु बताउँछन् । हाल संघीय सांसद रहेका मियाँ, गुप्ता र सोनार मध्ये एक जना उम्मेदवार हुने छन् ।

जसपाको भन्दा लोसपाको यस क्षेत्रमा राम्रो पकड रहेको छ । स्थानीय निर्वाचन र गत संघीय निर्वाचनको परिणामबाट हेर्ने हो भने लोसपा समेत प्रतिस्पर्धात्मक हुन सक्ने देखिन्छ । जातिय भोटको असर देखिदा काँग्रेस, एमाले र लोसपा बीच नै प्रमुख प्रतिस्पर्धा हुने छ ।

यसै गरी जनता समाजवादी पार्टीले बारा क्षेत्र नंबरं. ४ मा तीन जनाको नाम सिफारिस गरेको छ । बिरेन्द्रप्रसाद कुशवाहा, भरतप्रसाद कुर्मी र आनन्दकुमार यादवको नाम सिफारिस भएको छ । तीनै जना नयाँ अनुहार हुन ।

Related posts

वीरगञ्जमा लागुऔषधको समस्या चुनौतीपूर्ण बन्दै

पर्सा २ (ख) को प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार रुपेशमान अगाडि

चुनावका लागि भारतले नेपाललाइ दियो २०० वटा गाडी

Leave a Comment