Shere Parsa
स्वास्थ्य हेडलाइन

वीरगञ्जमा लागुऔषधको समस्या चुनौतीपूर्ण बन्दै


मधेसखबर
वीरगञ्ज , भाद्र ३ गते । वीरगञ्ज लगायत पर्सामा नै लागुऔषधको समस्या चुनौतीपूर्ण बन्दै गएको छ । विधालय जीवनमा अध्ययन गर्ने विद्यार्थीदेखि कलेजका विधार्थी लगायत बेरोजगार युवाहरु पनि लागु औषधको कुलतमा फसिरहेका छन् । लागु औषधको कुलतमा फँसेर अधिकांशको जीवन बर्बाद भईरहेको भन्दै स्थानीयवासी अभिभावक चिन्तित बनेका छन् ।

पछिल्ला समय पर्सा प्रहरीको हिरासत र कारागार लागु औषध प्रयोगकर्ताले भरिन थालेको देखीन्छ ।

त्यती मात्र नभई हाल सिमा नाकादेखी लिएर धेरै जसो सडक , सडक पेटी , चोक गल्लीमा त्यस्ता लागु औषध सेवनकर्ताले डेरा जमाएको र नियमित सेवन गर्ने गरेको सजिलै भेट्न सकिन्छ ।

प्रहरी कार्यालय का अनुसार दर्ता भएका मुद्दामध्ये ५० प्रतीशत भन्दा बढी लागु औषधको प्रयोग र कारोबारसँग सम्बन्धित नै छन् ।

पछिल्ला समय हुने चोरी, लुटपाट र झै भगडामा संलग्न युवा समुहका ब्यक्ति मध्ये करिब ७० प्रतिशत लागुऔषध प्रयोगकर्ता नै देखीने गरेका छन् ।

भारतसँगको खुला सिमानाका कारण सिमावर्ति क्षेत्रमा ब्राउन सुगर ,अफिम र चरेश,गाँजा लगायतका लागु औषधको तस्करी फस्टाउँदै गएको प्रत्यक्षदर्शी बताउँछन् ।

साथै अभिभावकबाट राम्रो हेरचाह नपाएका , अभिभावकलाई झुक्याएर गलत संगतमा लागेका वा लागु औषधको कारोबार गर्ने सकृय गिरोहले नै आर्थिक अवस्था कमजोर देखी राम्रा हुने खाने परिवारका युवाहरुलाई लागु औषधको कुलतमा फसाउने गरेको एक लागु औषध सेवनकर्ताले नै बताएका छन् ।

हाल अधिकाशं युवा उमेरका त्यक्ती नै लागु औषध तस्करीमा समेत ंसंलग्न हुने गरेको पाइएको छ ।

अभिभावकले आफ्ना छोराछोरीले के गर्दैछन् र उनीहरुको संगत कस्ता व्यक्तीसँग छ भन्ने कुरामा ध्यान नदिँदा धेरै किशोरकिशोरी,युवायुवतीहरु लागु औषधको कुलतमा फस्ने गरेका छन् । भने मोज मस्ती पार्टिका नाममा अभिभावकले अनावश्यक रुपमा पकेट मनि भनेर आफ्ना बालबालिकालाई दिने गरेका तर त्यो पकेट मनिको सदुपयोग हुने गरेको वा दुरुपयोग हुने गरेको बारे अभिभावकहरु अनभिज्ञ रहेका छन् ।

लागु औषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न प्रहरीले अभियान नै चलाइरहेको भनेर दावी गरीएपनि सिमावर्ती भारतीय बजारमा पुगेर लागु औषध धेरै जसो युवाहरु सेवन गरेर आएको देखीएपनि प्रहरीले छोड्ने गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

पर्साका कतिपय पसलहरुमा समेत लागु औषध दिन दहाडै राखेर विक्रिवितरण समेत भईरहेको भएपनि सम्बन्धित निकायले ध्यान नदिएको वा जानी जानी नदेखेको स्थानीय अभिभावकको आरोप छ ।

प्रहरीले अभिभावक, जनप्रतिनिधि र नागरिक समाजका अगुवासँग सहकार्य गरेर जिल्लाका हरेक वडामा सचेतना अभियान तिब्र पार्न र त्यस्ता लागु औषधको कारोबारमा संलग्नलाई कडा कार्यवाहीको दायरमा ल्याउन आग्रह गरेका छन् । यसमा जनप्रतीनीधीको पनि उत्तिकै चासो हुनुपर्ने उनीहरुको माग छ ।

भौतीक पुर्वाधार, शिक्षा , स्वास्थ्य लगायतका विषयमा वीरगञ्ज महानगरपालिकाले विभिन्न योजनाका साथ कार्य गरीरहेको जस्तै लागु औषध नियन्त्रण गर्दै युवाको भविष्य अन्धकार हुन बाट बचाउन पनि महानगरले ठोस कदम चाल्नुपर्ने अभिभावकहरुको भनाई छ ।

लागु औषध प्रयोग गर्नेमध्ये १६ देखि ४० वर्ष उमेर समूहका युवा बढी रहेका छन् ।

लागु औषधको ओसारपसार नियन्त्रणका लागि सीमा नाकामा कडाई गरिरहेको प्रहरीको दाबी छ ।

 

Related posts

बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शनको विरोधमा उधोगीहरुको र्यालि

मधेसमा चुनावकाे तडकभडक कम : आयाेग

मधेसी शहिदकाे अपमान गर्ने जसपालाई जनताले ब्यालेटबाट जवाफ दिनेछन् : अजय चाैरसिया

Leave a Comment