Shere Parsa
स्वास्थ्य

धाेबीनी गाँउपालिकाकाे छैठाैं गाउँसभा : ३३ कराेड ७३ लाखकाे बजेट प्रस्तुत

मधेसखबर
वीरगन्ज ,२० भदाैं:पर्साको धोबीनी गाउँपालिकाको छैठौं गाउँसभा साेमबार सम्पन्न भएकाे छ ।असार १५ भित्रै हुनु पर्ने गाँउसभा दुई महिना ढिला गरि साेमबार सम्पन्न भएकाे हाे ।

साेमबार आयाेजित गाँउसभामा चालू आर्थिक वर्ष २०७९/०८० काे नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएकाे थियोे ।

गाँउसभामा धाेबीनी गाउँपालिकाकी उपाध्यक्ष मञ्जुदेवी पटेलले ३३ करोड ७३ लाख ५५ हजार ९ सय १९ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिन् ।
त्यसअघि गाँउसभाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मदन चौहानले आफूहरुकाे ध्यान गाँउपालिकाकाे विकासमा केन्द्रीत रहेकाे भन्दै चुनावका बेला जनता सामु गिरएकाे प्रतिबद्धता पूरा गर्न अब एक जुट भएर विकासको काममा अगाडी बढ्ने बताए । नीति तथा कार्यक्रममा उल्लेख गरिएका याेजना र काम इमानदारीपुर्वक कार्यान्वयन गर्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई उनले आग्रह समेत गरे ।

नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषिका साथै पर्यटन र भौतिक पूर्वाधार विकास प्राथमिकतामा रहेको उनले बताए।

गाउँपालिकाको विकास र सर्वसाधारणलाई दुःख दिने ,अटेर गर्ने कर्मचारीहरुलाई कारवाही समेत गर्ने अध्यक्ष चौहानले बताए ।

धोबीनी गाउपालिकाका अध्यक्ष चौहानकै प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधि श्याम किशोर कुर्मी , नेपाली कांग्रेसका युवा नेता धर्मेन्द्र कुमार पटेल , पाँच वटै वडाका वडा अध्यक्षहरु, गाँउकार्यपालिका सदस्यहरु लगायतकाे सहभागीता रहेको थियो ।

Related posts

पर्सामा पनि मतदान शुरु

ठोरी गाउँपालिकाका बिरामीले पनि ब्लड बैंकबाट पाउने भए निशुल्क रगत

पर्सागढी नगरपालिकाका बिरामीले पनि निशुल्क रगत पाउने

शेरे पर्सा

Leave a Comment