Shere Parsa
स्वास्थ्य हेडलाइन

वीरगन्जमा पनि दिनहु कोरोना संक्रमित भेटिदै

मधेसखबर

वीरगन्ज,०८ भदौ : देशभर कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेसंगै वीरगन्ज नाकामा पनि फेरि दैनिक जसो कोरोनाका संक्रमित फेला पर्न थालेका छन् ।

भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्ज नाकाको हेल्थ डेस्कमा भइरहेको परिक्षणमा अढाइ महिना यता फेरि दिनहु जसो कोरोनाका संक्रमित भेटिन थालेका हुन् ।

कोरोनाको पहिलो लहर देखि देखि नै वीरगन्ज नाकामा हेल्थ डेस्क सन्चालन गरि भारतबाट नेपाल प्रवेश गर्नेहरुको एन्टिजेन परिक्षण हुदैै आएको छ ।हेल्थ डेस्ककी इन्चार्ज डाक्टर अनिषा महत्तोका अनुसार , भारतमा संक्रमण बढ्न थालेसंगै वीरगन्ज नाकामा पनि संक्रमित भेटिन थालेका हुन् ।

कोरोनाको तेश्रो लहर शुन्य अवस्थामा पुगेपछि फागुन यता जेठ अन्तिम साता सम्म हेल्थ डेस्कको परिक्षणमा संक्रमण पुष्टि हुनेको संख्या शुन्य थियो ।
तर त्यसपछि पहिलो पटक जेठ २३ गतेको परिक्षणमा पहिलो संक्रमित फेला परेको महत्तोले बताइन् ।

उनका अनुसार जेठ अन्तिम साता ३ जनामा संक्रमण पुष्टि भएको थियो ।
जेठमा ३ हजार ६ सय ६५ जनाको एन्टिजेन परिछण गर्दा ३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।
गत असारमा भने नाकाको हेल्थ डेस्कमा ३ हजार ७ जनाको एन्टिजेन परिक्षण गर्दा ५० जनामा संक्रमण पुष्टि भएको थियो।
साउनमा भने नाकाको हेल्थ डेस्कमा ३ हजार ४ सय ६ जनाको एन्टिजेन परिक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको डा. महत्तोले जानकारी दिइन् ।
यस्तै भदौ १ देखि ७ गते मङगलबार बिहान सम्म ५ सय ६० जनाको एन्टिजेन परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हेल्थ डेस्क इन्चार्ज डाक्टर महतोले बताइन् ।

जेठ अन्तिम साता (जेठ २३ गते देखि ) यता मङगलबार (भदौ ७ ) सम्म १ सय २७ जनामा संक्रमण पुष्टि भएको उनले बताइन् । जेठ यता हरेक महिना संक्रमण पुष्टि हुनेको संख्या बढ्दो क्रममा रहेको उनले बताइन् ।
डाक्टर महत्तोले भनिन् ,‘ भारतसंगै नेपालमा संक्रमण बढेसंगै वीरगन्ज नाकामा पनि संक्रमित बढ्न थालेका छन् , दैनिक जसो २÷३ जना संक्रमित फेला परिरहेका छन् ।

नाकाको हेल्थ डेस्कमा जेठ २३ यता संक्रमण पुष्टि भएका १२७ जना मध्ये ६ जना बाहेक अरु सबै भारतीय नागरिक नै रहेको पनि उनले बताइन् ।संक्रमण पुष्टि भएका भारतीयहरु भारतको कुनै एक विशेष राज्यका नभइ भारतका विभिन्न राज्यका नागरिकहरु रहेको उनले बताइन् ।

डाक्टर महत्तोको अनुसार , नाकाको हेल्थ डेस्कमा भारतबाट लामो दूरीको रेल , बस र चारपाङग्रे सवारी साधनबाट यात्रा गरेर नेपाल आउनेहरुको एन्टिजेन परिक्षण गर्ने गरिएको छ ।संक्रमण पुष्टि भएका भारतीयलाइ नाकाबाटै भारत तर्फ फर्काउने गरिएको छ भने नेपाली संक्रमितहरुलाइ भने सम्बन्धित पालिकासंग समन्वय गरि घर पुरयाउने गरिएको छ ।

नाकामा फेरि दैनिक जसो संक्रमति भेटिन थालेपछि स्वास्थ्य सुरक्षाको दृष्टिकोणले फेरि निगरानी बढाइएको डाक्टर महत्तोले बताइन्।
यता वीरगन्जको नारायणी अस्पतालमा पनि साउन पहिलो हप्ता देखि कोरोनाका संक्रमित फेला पर्न थालेका छन् ।
तेश्रो लहर पछि साउन ३ गते पहिलो पटक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा एकै दिन ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

साउन ३ मा ३४ जनाको पिसिआर परिक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो । त्यसपछि साउन १० मा ३९ जनाको पिसिआर परिक्षण गर्दा २ जनामा , साउन १७ मा ११ जनाको पिसिआर परिक्षण गर्दा ५ जनामा र साउन २४ गते ३८ जनाको पिसिआर परिक्षण गर्दा ५ जनामा संक्रमण भेटिएको डाक्टर सिंहले बताए । साउन २४ यता भने नारायणी अस्पतालको प्रयोगशालामा कोभिडको परिक्षण भएको छैन ।
त्यसअघि संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रुघा खोकी बाहेक सामान्य रहेकाले होम आइशोलेनमा बस्ने गरि पठाइएको डाक्टर सिंहले जानकारी दिए ।
यस्तै पछिल्लो पटक संक्रमण बढ्न थाले यता वीरगन्जमा कोरोना संक्रमणले १ जनाको मृत्यु पनि भएको छ । साउन २४ गते राति नारायणी अस्पतालमा ४ दिन देखि उपचाररत बाराको अमलेखगन्जका ६८ बर्षिय बृद्धको मृत्यु भएको हो ।

Related posts

चुनावी घरदैलोमा काँग्रेस उम्मेदवार चौरसिया र पटेललाई भव्य स्वागत

पिपरडारीमा छैन चुनावको उत्साह, गाँउले भन्छन् : नेता भनेका साच्चै स्वार्थी हुन्छन्

विधार्थीकाे भविष्यसंग खेलवाड नगर्न गाैतम माविलाई विधार्थी संगठनहरुकाे चेतावनी

Leave a Comment