Shere Parsa
स्वास्थ्य

आईतबार थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


मधेसखबर
२९ साउन, वीरगञ्ज । आईतबार ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना भाईरस संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।
चार हजार ८ सय २९ जनाको परीक्षणमा ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दुई हजार ३ सय ८ पीसीआर परीक्षणमा ३ सय ५ र दुई हजार ५ सय २१ एन्टिजेन परीक्षणमा १ सय ५० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

पछिल्लो २४ घण्टामा ३ सय २ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ४ सय ३५ रहेको छ ।

Related posts

पछिल्लो २४ घण्टामा १७३ जनामा कोरोना पुष्टि

मिलनचाेकमा आयाेजित स्वास्थ्य शिविरमा १५ सय जना लाभान्वित

नेपालमा कोरोना महामारी: अबको एक महिना झन कठिन

Leave a Comment